• रवि लामिछाने र उनकी श्रीमती निकिता पौडेललाई कोरोना संक्रमण

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : १३ कार्तिक २०७७, बिहीबार १०:२२

    काठमाडौं – सञ्चारकर्मी रवि लामिछाने र उनकी श्रीमती निकिता पौडेललाई कोरोना संक्रमण भएको छ । आफूहरु दुवैजनालाई कोरोना संक्रमण पुष्टि भएको लामिछानेले सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन ।

    मंगलबार रातिदेखि हल्का ज्वरो आएपछि बुधबार परीक्षण गराउँदा कोरोना पोजेटिभ देखिएको उनले बताएका छन ।

    लामिछानेले आफूहरु दुवैको स्वास्थ्य सामान्य रहेको पनि जानकारी दिएका छन ।‘केही पेशागत क्रियाकलापले र केही आफ्नै लापरबाहीले संक्रमण भएको हुन सक्दछ । घरमा हामी दुई मात्र छौँ त्यसैले धेरै समस्या छैन तर घरमा वृद्ध अवस्थाका सदस्यहरु हुनेले चाहीँ बिल्कुल लापरबाही नगरौँ’, उनले भनेका छन ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु