• २०७७ साल कात्तिक १४ गते शुक्रबार हेर्नुस् आजको राशिफल

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : १४ कार्तिक २०७७, शुक्रबार ०६:०९

    आज – १४ कार्तिक २०७७ शुक्रवार को राशिफल

    मेष

    मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)

    आज कामहरु अधुरै रहन सक्छन् । आफ्नो विचार विपरित निर्णय हुनेछ । अनावश्यक ठाउँमा धन खर्च होला । वैदेशिक क्षेत्र कमजोर रहला ।

    मिथुन

    मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)

    आज शुभकार्यको चर्चा चल्नेछ । विशिष्ट व्यक्तिको सहयोग मिल्ला । आफन्त संग रमाइलो भेटघाट हुनेछ । व्यापार ठिकै रहला ।

    सिंह

    सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

    चुनौतीको सामना गर्नुपर्ला । आफूलाई कमजोर भएको अनुभूति हुनेछ । मन खिन्न हुने स्थिति आउनेछ । बन्न लागेको काम विग्रनेछ ।

    तुला

    तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)

    सामाजिक तथा धार्मिक कार्यमा रुची बढ्नेछ । वैदेशिक क्षेत्रको लगानी लाभदायक हुनेछ । शिक्षामा सफलता र शुभ समाचार सुन्न पाइएला ।

    धनु

    धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)

    वैदेशिक कार्य अघी बढ्नेछ । वित्तिय संस्थाबाट सहयोग पाईनेछ । नयाँ कामको थालनी हुनेछ । आँटेको र ताकेको कार्य पुरा होला ।

    कुम्भ

    कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)

    आज एउटै कामबाट दोहोरो लाभ मिल्नेछ । अरुलाई प्रभावित पारेर काम बन्नेछ । श्रमको उचित मुल्याङ्कन र प्रसंसा मिल्नेछ ।

    बृष

    वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)

    कला र गलाको प्रभाव बढ्नेछ । अचल सम्पत्ती हात पर्ने योगछ । आफ्नो क्षेत्रमा प्रभूत्त्व जमाउन सकिनेछ । नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ ।

    कर्कट

    कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

    आज अरुलाई प्रभावित पारेर काम बन्नेछ । कार्य क्षेत्रमा प्रगति हुनेछ । बन्धु बान्धवबाट सहयोग मिल्नेछ । सफल यात्राको योगपनि छ ।

    कन्या

    कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)

    आज लगनशीलताले कामहरू अगाडी बढ्नेछन । कूटनीतिक नियोगको सहयोग मिल्ला । व्यापार व्यवसायमा औसत लाभ हुनेछ ।

    बृश्चिक

    वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

    आज शुभकार्यको चर्चा चल्नेछ । लगानीको वातावरण बन्नेछ । मुद्धा मामिलामा सफलता पाईनेछ । न्यायिक कार्यमा सफलता मिल्नेछ ।

    मकर

    मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि)

    बुद्धिको उपयोग गर्दा जटिल ठानिएको कामसमेत सम्पादन हुन सक्नेछ । अतिथिको रूपमा सत्कार पाइएला । आफन्तको सहयोग प्राप्त हुनेछ ।

    मीन

    मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)

    सांगीतिक क्षेत्रमा रुची बढ्नेछ । महिला वा मित्र बाट विशेष सहयोग मिल्नेछ । स्वास्थ्यमा सुधार आउला । प्रेमीको सहयोग प्राप्त हुनेछ ।

    – ज्यो.प. नारायणप्रसाद दुलाल

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु