• दिपाको ‘फेसबुकमा फोटो छ’ सार्वजनिक

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : १४ कार्तिक २०७७, शुक्रबार १९:४७

     

    काठमाडौं, १४ कार्तिक – गायिका दिपा तामाङ्गको नयाँ गित ‘फेसबुकमा फोटो छ’ बोलको गित सार्वजनिक भएको छ । गितमा गायिका दिपा तामाङ्ग र गायक प्रियजन राईको सुमधुर स्वर रहेको छ ।

    पुर्वेली लोक भाकामा आधारित रहेको गितले प्रेममा बिछोडको भावना झल्काईएको पाईन्छ । लब्ली तुलसीको शब्द लेखन रहेको सो गितमा गायक प्रियजन राईले नै संगित भरेका छन् । गित निकै नै मिठो र मार्मिक भावनामा आधारित रहेर बनेको गायिका दिपा तामाङ्गले बताईन् ।

    गितको एरेन्ज भने सुमन राईले गरेका छन् । भिडियोे सुवास कुथुमी राईले रेकर्ड गरेका हुन भने मिक्सिङ र मास्टरिङ्ग गोबिन्द सोनीले गरेका हुन । त्यस्तै भिडियोको छायांकन र एडिटिङ जनकराज अधिकारीले गरेका हुन ।दिपा छोटो समयमै निकै चर्चा कमाउन सफल गायिका हुन ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु