• हेर्नुस् के छ आज नेपाली बजारमा सुनचाँदी को मुल्य

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : १६ कार्तिक २०७७, आईतवार १६:२२

    १६ कार्तिक, काठमाडौं । सुनको मूल्य साताको पहिलो दिन प्रतितोला ५ सय रुपैयाँले बढेको छ। दसैंलगत्तै घटेको सुनको मूल्य आइतबार भने बढेको हो।

    आइतबारका लागि नेपाली बजारमा छापावाल सुनको मूल्य प्रतितोला ९५ हजार रुपैयाँ तोकिएको छ। शुक्रबार छापावाल सुन प्रतितोला ९४ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो।

    त्यस्तै चाँदीको मूल्य पनि बढेको छ। शुक्रबार प्रतितोला ११ सय ८० रुपैयाँमा कारोबार भएको चाँदी आइतबारका लागि ११ सय ९५ रुपैयाँ तोकिएको छ।

    आइतबार चाँदी प्रतितोला १५ रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु