भिषण बर्षाको कारण उत्पन्न बाढि पिडितहरुलाई राहत सामाग्री हस्तान्तरणलायन्स क्लब काठमाडौँ समर्पण र हिन्दू स्वयम्सेवकद्धारा हेलम्बुमा राहतदूध तथा दुग्ध पदार्थ ढुवानी गर्ने गाडीमा प्रयोग हुने प्रतीक चिन्ह प्रयोग गर्न आव्हानकाठमाडौं उपत्यकामा जारी निषेधाज्ञा एक साता थपियोपछिल्लो २४ घण्टामा ३४५६ जना संक्रमणमुक्तनेप्से आज ६३ दशमलब ११ अंकको गिरावटसाताको कोरोबारको पहिलो दिन आज के छ नेपाली बजारमा सुनचाँदीको मुल्यबाढी पैह्रोका मुख्य स्रोतहरु तथा समाधानका उपायहरुउद्यमशील महिला समूहले पनि राहत बाँड्योकतारमा अघिल्लो कार्यकालको अधुरा कार्य पुरा गर्न मुक्तदाको पुनः उम्मेदवारी - मुक्तदाका प्रतिबद्धताहरुः
  • चोलिको तुना र पेटिकोटको इजारमा अल्झिएको नजर,

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : १८ कार्तिक २०७७, मंगलवार ०६:५९

    नुवाकोट ।चोलिको तुना र पेटिकोटको इजारमा अल्झिएको नजर,
    “छि कस्तो समाज´´ …..

    लाम्टो चुसाई हुर्काई दिने
    कसैकी आमा हुन ती !
    सगुन खुवाई बिदाई दिने
    कसैकी दिदी हुन ती !
    टीका लगाई आशीर्वाद दिने
    कसैकी बहिनी हुन ती !
    छिद्रबाट हवास मात्रै चिहाई रहने
    “ छि कस्तो समाज´´……

    कामुक छिन तिनी
    यो होईन कि दिउँसै नाङ्गिउन,
    कातर छिन तिनी
    यो होईन कि दिउँसै आत्मसमर्पण गरून्,
    लाचार छिन तिनी
    यो होईन कि मजबुरिको फाईदा लिउन,

    स्वर्ग, मर्त्य, पताल
    देव, दैत्य, ॠषी
    जल, थल, अग्नि
    जुन रूपमा हेर
    जुन सोचले हेर
    जगत पनि तिनै
    जननी पनि तिनै
    सृष्टि पनि तिनै
    संहार पनि तिनै
    चोलिको तुना र
    पेटिकोटको इजारमा मात्रै अल्झिएको तिम्रो नजर
    “ छि कस्तो समाज´´……

    बालापनमा ममताले चुस्न ,
    जवानीमा हवासले च्याप्न,
    बुढ्यौलीमा मायाले चुम्न,
    जीवन, मृत्यु र सृष्टि त्यही छ
    वक्षस्थलमा मात्रै ठोक्किएको तिम्रो नजर !
    “ छि कस्तो समाज´´……

    ममतामयी नजरले
    हेर्ने पनि छन् कोहि,
    प्रेमिल मजेत्रोले
    बेर्ने पनि छन् कोहि,
    सतगतिमा सेतो कात्रोले
    बेर्ने पनि छन् कोहि,
    छिद्रबाट हवास मात्र चिहाउने
    “ छि कस्तो समाज´´……

    फुटपाथेले बेच्न राखेको
    काँचो मासुको थुप्रो मात्र होईन,
    ताँदोमा सुलि चढाउन राखेको
    अपराधिको जमात पनि होईन,
    प्यास, ज्वाला, खरानी
    सबै त्यहीँ छ,
    नारी उपभोगको साधन मात्र होईन,
    प्रकृतिको नियम पनि बुझ,
    चोलिको तुना र पेटिकोटको इजारमा मात्र अल्झेको
    “ छि कस्तो समाज´´……
    “ छि कस्तो समाज´´……

    राम चन्द्र तिम्सिना
    ( आवाज)

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु