• काठमाडौं उपत्यकामा आज एकै दिन १४ सय ६८ जना कोरोना संक्रमित थपिए

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : १८ कार्तिक २०७७, मंगलवार १८:१६

    काठमाडौं, १८ कात्तिक । काठमाडौं उपत्यकामा आज एकै दिन १४ सय ६८ जना कोरोना संक्रमित थपिएका छन् । देशभर ३१ सय १४ जनामा कोरोना पुष्टि भएकोमा काठमाडौमा मात्रै १४ सय ६८ जना थपिएसँगै जोखिम बढेको छ । स्वास्थ्य मन्त्रालयले जारी गरेको सुचनामा ११ हजार १ सय ६६ जनाको पिसीआर परिक्षणमा ३१ सय १४ जनाको रिर्पोट पोजेटिभ आएको हो ।

    त्यसैगरी आज २४ घन्टामा ३१४२ जना कोरोना संक्रमण मुक्त भई घर फर्केका छन् । आजसम्म निको भई घर फर्कनेको सख्या १ लाख ४१ हजार १ सय ३४ रहेको छ । आज काठमाडौं उपत्यकामा थपिएका १४ सय ६८ जना मध्ये ६४९ महिला र ८१९ पुरुष रहेका छन् ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु