पर्वतारोहणका साहसिक व्यक्तित्व र जीवन बचाउने नायक 'छिरिङ पेम्बा शेर्पा'आजको देशभरको मौसम ।। कतै हल्का बर्षा–कतै हिमपात ।। बाँकी भू‍–भागमा आंशिकदेखि साधारणतया बदलीहुम्लामा हिमपात ।। चिसो बढ्यो ।। ढिला हिमपात भएकोमा हुम्लावासी खुशी ।।आज अमेरिकी डलर एकको खरिदर १ सय ३५ रूपैयाँ २१ पैसाप्राचार्य गरैको सेवासँगै दान, आश्रमको एउटा कोठा निर्माण गर्नेगायक गोबिन्द राज आचार्यको नयाँ गित 'एकदिन उज्यालो छाउला' सार्वजनिकचलचित्र ‘मिसिङः केटी हराएको सूचना’ अब माघ ११ गतेचलचित्र ‘द्रौपदी’ आगामी ८ चैतबाट देशब्यापी रिलिज हुनेमोवाइल फोनको आविष्कारक मार्टिन कूपर अव ९५ बर्षबागलुङका पाँच सरकारी विद्यालय बन्द

सांसद केसीको शोकमा कांग्रेसले बुधबार देशभर पार्टी कार्यालय बन्द गर्ने

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७७ कार्तिक १८ गते, मंगलवार १९:०८

काठमाडौँ, कार्तिक १८ – प्रतिनिधिसभामा आफ्ना सांसद रहेका आमन्त्रित केन्द्रीय सदस्य सूर्यबहादुर केसीको निधनमा नेपाली कांग्रेसले बुधबार देशैभरका पार्टी कार्यालय बन्द गर्ने भएको छ। बिहीबारसम्म पार्टीको झण्डा आधा झुकाउने निर्णयसमेत आज बसेको कांग्रेस केन्द्रीय समितिले निर्णय गरेको हो।

केसीको सोमबार बेलुकी पोखरास्थित घरमा निधन भएको थियो। केसीको निधनमा कांग्रेस केन्द्रीय समितिले शोक प्रस्ताव पारित गरेको मुख्यसचिव कृष्णप्रसाद पौडेलले बताए।

साथै कांग्रेसले १३ दिनसम्म केन्द्रीय कार्यालय र सबै जिल्ला कार्यालयमा शोक पुस्तिका राख्ने निर्णय पनि गरेको छ। केसीले नेपालको उद्योग वाणिज्य तथा सामाजिक क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याएको कांग्रेसले जनाएको छ।

केसी २०७४ सालमा कांग्रेस प्रवेश गरेका थिए। उनी समानुपातिकतर्फ कांग्रेस सांसद थिए।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु