दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

‘याद’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७७ कार्तिक १९ गते, बुधबार ५:३७

काठमाडौं ।गायक कमल खत्रीको स्वरमा रहेको ‘याद’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ।

सेण्टिमेण्टल भर्सनको यस गीतमा शब्द युवा गीतकार सुदीप लम्सालको रहेको छ भने संगीत स्वयम् गायक कमल खत्रीको रहेको छ। यस गीतलाई रिकेश गुरुङ किजले संगीत संयोजन गरेका हुन्।

म्युजिक भिडियोमा गीतकार सुदीप लम्साल र समिक्षा पोखरेलको मर्मस्पर्शी अभिनय देख्न सकिन्छ।

पवन सुस्लिङले छायांकन र सम्पादन गरेको यस भिडियोलाई गीतकार लम्सालले नै निर्देशन गरेका हुन्। रचना लम्साल र पारस पोखरेलको लगानीमा भिडियो निर्माण गरिएको हो।

आस्था मिडियाको युट्युव च्यानल मार्फत भिडियो सार्वजनिक गरिएको हो।

यसघि आफ्नो पहिलो डेब्यु गीत ‘पहिलो माया’ मार्फत चर्चा कमाएका गीतकार लम्सालले यस म्युजिक भिडियोलाई हेरेर प्रतिक्रिया दिन हुन् सम्पूर्ण दर्शक, स्रोता तथा मिडिया हाउसलाई आग्रह गरेका छन्।

भिडियो:

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु