पर्वतारोहणका साहसिक व्यक्तित्व र जीवन बचाउने नायक 'छिरिङ पेम्बा शेर्पा'आजको देशभरको मौसम ।। कतै हल्का बर्षा–कतै हिमपात ।। बाँकी भू‍–भागमा आंशिकदेखि साधारणतया बदलीहुम्लामा हिमपात ।। चिसो बढ्यो ।। ढिला हिमपात भएकोमा हुम्लावासी खुशी ।।आज अमेरिकी डलर एकको खरिदर १ सय ३५ रूपैयाँ २१ पैसाप्राचार्य गरैको सेवासँगै दान, आश्रमको एउटा कोठा निर्माण गर्नेगायक गोबिन्द राज आचार्यको नयाँ गित 'एकदिन उज्यालो छाउला' सार्वजनिकचलचित्र ‘मिसिङः केटी हराएको सूचना’ अब माघ ११ गतेचलचित्र ‘द्रौपदी’ आगामी ८ चैतबाट देशब्यापी रिलिज हुनेमोवाइल फोनको आविष्कारक मार्टिन कूपर अव ९५ बर्षबागलुङका पाँच सरकारी विद्यालय बन्द

गीतकार जनक रावलको लोक प्याट्रनको डान्सिङ गीत ‘सिमसिमे पानी पर्‍यो’सार्वजनिक

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७७ कार्तिक १९ गते, बुधबार ०५:५५

काठमाडौं । गीतकार जनक रावलको लोक प्याट्रनको डान्सिङ गीत ‘सिमसिमे पानी पर्‍यो’सार्वजनिक भएको छ ।

किरण माइकल घिमिरेको सङ्गीतमा रहेको लोक प्याट्रनको गीतको भिडियो सार्वजनिक भएको हो । सञ्चारकर्मीसमेत रहनुभएका रावलको सार्वजनिक गीतमा रुपक डोटेल र शसिका राईको स्वर रहेको छ ।

यादव पुडासैनीको निर्देशन रहेको गीतको भिडियोले बालापनको कथा बोकेको छ । भिडियोमा बालपनका कुरालाई नबिर्सिएर ताजैं स्मरण गरेको भावहरु छर्लङ्ग दर्शाइएको हेर्न पाईन्छ । गीतको भिडियो बुढासुब्बा डिजिटलबाट सार्वजनिक गरिएको हो । सार्वजनिक गीत गीतकार रावलको ‘निश्चल प्योरनेश अफ हर्ट द म्युजिक’ एल्बम समावेश छ ।
गीतकार रावलले ‘भुल्यौं कि मायाले।’ बोलको गीत सार्वजनिक गरेको केही दिनमा सोही एल्बमको अर्को गीत ‘सिमसिमे पानी पर्‍यो।’ सार्वजनिक गर्नुभएको हो ।

गीतको भिडियोमा बालापनको अभिनयमा निश्चल रावल र निकिशा बिमलीलाई प्रस्तुत गरिएको छ भने तिनैं बाल बालिकाको युवाअवस्थाको प्रस्तुतिमा रमेशचन्द सोडारी र रोली तामाङ लाई फिचरिङ गरिएको छ ।

नारायण रिजालको कोरियोग्राफी रहेको गीतको भिडियोमा कन्सेप्ट र क्रियशन गीतकार स्वयंको रहेको छ । सुरज लामिछानेको मुख्य सहायक निर्देशन रहेको भिडियोमा सुरेश बज्राचार्यको छायाँकन र मित्रदेव गुरुङको सम्पादन छ ।
गीत जति राम्रा छ गीतको भिडियो त्यतिकै उत्कृष्ट बनेको छ ।

सञ्चारकर्मी जनक रावलका पाँच दर्जन भन्दा बढी गीत स्रोता÷दर्शकमाझ आइसकेका छन् । धेरै गीत मार्फत उहाँ स्रोता दर्शकको मन मष्तिस्कमा बस्न सफल हुनुभएको छ । ‘यसपाली लोकप्याट्रनको अलिक पृथक गीत पस्किएको छु आशा छ मेरो यसअघिका गीत जस्तै यसले पनि सबैको साथ सहयोग पाउने छ’, जनकले भन्नुभयो ।

भिडियो:

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु