हिजो भुकम्प र नाकाबन्दीको आज कोरोना !!
हिजो समाजवाद को चिन्ता आज साम्यवादको चिन्ता !!
सरकारलाई कुर्सी बचाउने चिन्ता!
नेतालाई कुर्सी हत्याउने चिन्ता!
बामदेब लाई प्रधानमन्त्री नहुने होकि भन्ने चिन्ता!
माकुने लाई अध्यक्ष हुन्न कि भन्ने चिन्ता!
प्रचण्डलाई लडाकु को रासन पच्दैन कि भन्ने चिन्ता!
शेर बहादुरलाई फेरि प्रम पड्काउन पाउदिन कि भन्ने चिन्ता!
च्याँखे थापेर बसेका दल र दलाललाई सरकारमा जाने चिन्ता!
आसे पासे र हनुमानहरुलाई छाक टार्ने चिन्ता !!
तर देश को चिन्ता यहाँ कसैले गरेनन्!
महामारी संग जुध्न कसैको पहल भएन!
जनताको जीउ-धनको चिन्ता कसैले गरेनन्!
गर्यो त केवल कमिसन, कुर्सी, पद, सत्ता र सम्पत्तीको !!
कर्मचारी लाई तलब र भत्ता को चिन्ता!
व्यापारीलाई व्यापारको चिन्ता!
कोरोना संक्रमित लाई उपचार को चिन्ता!
क्वारेन्टाइनमा बसेकालाई खाने बस्ने चिन्ता!
सर्वसाधारण लाई दैनिकी को चिन्ता!!
गरिबलाई दुई छाक टार्ने चिन्ता!
धनिलाई भिन्न भिन्न परिकार बनाएर facebook मा पोस्ट्याउने चिन्ता !!
मन्त्रीलाई कमिसनको चिन्ता!
युवा पुस्ता भनाउँदालाई नेतृत्वमा आउने चिन्ता !!
कसैलाई देखिने चिन्ता त कसैलाई देखाउने चिन्ता!
कसैलाई आहार को चिन्ता कसैलाई स्याहार को चिन्ता !!
चिन्ता पनि कति ठूलो, मन्त्री लाई महामारी सङ्ग जुध्न “नक्कली” समान भित्र्याएर “सक्कली” कमिसन खाने चिन्ता !!
घुर्क्याएको भरमा थपना को रास्ट्रपति बन्ने देश हो !
कैले भुकम्प को नाउँ मा त कैले कोरोनाको नाउँमा कात्रो मा कमिसन खोज्ने देश हो यो !!
महाकाली होस या कोशी कर्णाली; बिप्पा होस या इण्डो-प्यासिफिक, रास्ट्रघाती संधी गरेर रास्ट्रवादी हुने देश हो यो !!
अपराधी लाई किनेर होस वा अपहरण गरेर, प्राडो-पजेरो बाँडेर होस वा बिदेश सयर गराएर होस,
सत्ता र शक्ति हत्याउने देश हो यो !!
अनि
कोरोना को महामारी होस या भुकम्प जस्तो महा प्रलय…
कोष खडा गर्ने, रकम जम्मा गर्ने, आयोग र नियोगमा आफन्त, इष्टमित्र, सम्धी-सम्धिनी ठुस्ने, आयोग बनाउने अनि कोषको रकम कसरी हुन्छ बाँडीचुँडि पचाउने देश हो यो!!
अरबौ को भ्रस्टाचार गर्ने, आयोग बनाउने अनि बन्द गर्ने देश हो यो!
यस्तै हुदैछ र यसरी नै चल्छ!
मेरो दल र मेरो सिद्धान्त भन्दै,
मेरो नेता जिन्दावाद,
तेरो नेता मुर्दावाद भन्दै भट्टिमा फुइँ देखाउने पटमुर्खहरु को जमात भयौं हामी नेपाली !!
अनि
हामी ” नाकावन्दी लगाउने लाई पनि आदर्श मान्छौ, इण्डो- प्यासिफिक गर्नेलाई पनि!
लाउडालाई पनि पचाउँछौ र वाइडबडिलाई पनि !!
लोकमान लाई पनि आदर्श मान्छौ, गोपाल खड्कालाई पनि वा चुंडामणि होस,
आयल निगम को जग्गा होस वा गुठी को, हामी सबै बिर्सिन्छौ !!
किनकी तपाईं एउटा दलको हनुमान हो,
म अर्कै दलको झोले !
मेरो नेताले गरेको सबै सहि तपाईंको गलत !!
कुर्सी र कमिसनको कहर कोरोना भन्दा कुहिएको भयो!
बहुदलिय व्यवस्था नकारा भयो!
लोकतन्त्र कुहिएको सिनो भन्दा बढि गनाउँदैछ !!
अझै कति “अभ्यास” गर्ने?
अझै कति देश र जनता अनि राज्यकोष लुटिने ?
आमूल परिवर्तनकोलागि अब अर्को क्रान्तीको ,अर्को अभियानको खाँचो छ!
दुई-चार सिमित बर्गको उत्थान हुदैमा परिवर्तन पक्कै भएको छैन्!
साधारण जनता आज पनि आश मै छन्! तर जनताको अवसर र आशा कसैले सम्बोधन समेत गर्न सकेनन्!
शिक्षा र स्वास्थ बेचिएको छ!
पानी र बिजुलीलाई दुहुनो गाई बनाईएको छ!
जनताको आधारभुत आवस्यकतालाई लत्त्याउदै युवालाई खाडी बेचिदै छ!
स्वदेशि उत्पादनलाई निरुत्साहित गर्दै बिदेशी आयातलाई बढावा दिईएको छ !!
अझै हामी कुन नयाँ नेपालको कल्पना गर्दैछौ ?
राजतिक दलहरु एक अर्काको चौकिदारी मै व्यस्त छन,
नेता र कर्मचारी कमिसन मै मस्त छन!
न्यायलय बिकाउ भएको छ, कानून निरीह बनेको छ !!
अझै हामी मेरो नेता भन्न मै अभ्यस्त छौ!!
जब सम्म नेपालका नेतालाई सजायको डर हुदैन्,
तब सम्म इमान्दार साशक आउदैन,
देश अझै भड्खालो मा जाने निश्चित छ !!
जागौं युवा जागौं !!
कम्मर कसेर लागौं !!
राम चन्द्र तिम्सिना (आवाज) नुवाकोट