• ग्रेसफुल फेष्टिब रनवे २०२० सम्पन्न

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : २३ कार्तिक २०७७, आईतवार ०७:४५

    चितवन ।भरतपुरस्थित स्वाद सदन पार्टी प्यालेसमा सम्पन्न ग्रेसफुल फेष्टिब रनवे २०२० को उपाधि सजना तामाङले हात पारेकी छिन् । ९ जना प्रतिस्पर्धीहरुलाई पछि पार्दै उनले उपाधि जित्न सफल भएकी हुन् ।
    ग्रेसफुल फेष्टिब रनवे २०२० मा समानुपातिक सभासद् अन्जनी श्रेष्ठ प्रमुख अतिथि रहनुभएको थियो । सभासद् श्रेष्ठले समयअनुकुल यस्ता खाले कार्यक्रमहरु गर्नाले युवायुवतीहरुको क्षमतामा वृद्धि हुने र समाजमा हुने विकृतिहरुलाई हटाई समाज रुपान्तरणमा टेवा पुग्ने बताउनुभयो ।
    युवा उद्यमी राकेशमान श्रेष्ठ मुख्य निर्णायक रहनु भएको उक्त ग्रेसफुल फेष्टिब रनवे २०२० मा सञ्चारकर्मी राजु भट्ट, मिस भोइज अफ स्टाईल चितवन २०१८ की बिजेता अदिना राजभण्डारी, फेशन आइकन नेपालकी बिजेता बिसु सापकोटा निर्णायकको भूमिका रहनुभएको थियो ।
    प्रतियोगितामा एलिना गुरुङले बेष्ट परफमेन्स र स्वेता कोइरालाले अर्गानाईजर च्वाइसको उपाधि प्राप्त गरेका थिए । कार्यक्रमका सिईओ उडेन ठकुरीले बिजेताहरुलाई सम्मान गर्नुभएको थियो । युवा पत्रकार राकेश तिमिल्सिनाले सञ्चालन गर्नुभएको उक्त प्रतियोगितालाई पिक्सेल प्यालेस स्टुडियोले खिचेको थियो ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु