
धड्कन चलेको तर निर्जीव ,
आत्मा मरेको तर सजिव ,
गरिब चुस्ने ,गौंडा ढुक्ने ,
बफादारी धेरै मर्मदारी थोरै ,
परमभक्त जिवन नेताको बन्दगी ,
सर्वरुपी झोले जिन्दगी !!
मिठा आश्वासनका पोका त्यहीँ छ,
तिता शासनका धोका पनि त्यहीँ छ ,
गरिबको नचुहिने आँसुका ढिका त्यहीँ छ ,
मजदुरको नसुनिने पीडा पनि त्यहीँ छ ,
पर्देशिको घरबार ,
नेताको चकडिको दरवार पनि त्यहीँ छ !!
उँचो कद भएका तर गिर्दो शिर ,
बंगुर जस्ता मोटा तर बुद्धिहिन ,
आदेशमा खुल्छ,
आदेश मै बन्द हुन्छ ,
आदेश मै चल्छ ,
आदेश मै ढल्छ ,
आदेश मै गल्छ ,
आदेश मै उठ्छ ,
आदेश मै सुत्छ ,
आदेश मै कुद्छ ,
आदेश मै हिड्छ ,
आदेश मै भिड्छ ,
गधा जस्तो बलियो ,
दास मनस्थिति ,
झोले जिन्दगी !!
स्वार्थ छ स्वतन्त्र छैन ,
परतन्त्र स्विकार्छ लोकतन्त्र होईन ,
दवाबमा रवाफ छाट्छ ,
दासतामा आदर्श बाँढ्छ ,
कठै यिन्को परिस्थिति ,
झोले जिन्दगी !!
नबोले जिन्दगी !!
राम चन्द्र तिम्सिना
(आवाज)


