
काठमाडौ । बितेको २४ घण्टामा थप २ हजार ८१७ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । योसँगै कुल संक्रमितको संख्या १ लाख ९४ हजार ४५३ पुगेको छ ।
आज १२ हजार ३११ स्वाबको नमुना परिक्षण गरिएकोमा उनीहरुमा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । आज देशभर ३५ हजार ४१९ जना सक्रिय संक्रमित छ्न् ।
यसैगरी, पछिल्लो २४ घण्टामा २ हजार ८१२ जना निको भएका छन् । योसँगै हालसम्म निको हुनेको संख्या १ लाख ५७ हजार ९२६ पुगेको छ ।
त्यस्तै, कोरोनाबाट थप २१ जनाको मृत्यु भएसँगै मृतकको संख्या १ हजार १०८ पुगेको छ ।


