दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

रोबिन हूड आर्मी रुपन्देहीले तिहारको अवसरमा खाद्यन्न सहयोग

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७७ कार्तिक २३ गते, आईतवार २३:५६

बुटवल – रोबिन हूड आर्मी रुपन्देहीले तिहारको अवसरमा खाद्यन्न सहयोग गरेको छ । रोबिन हूड आर्मी सामाजिक सेवामा आधारित, शून्य कोष संगठन समेत हो । रेष्टुरेन्ट र समुदायबाट खाना संकलन गरेर मानिसहरूलाई सेवा पुर्‍याउने खालको खाना दिने काम गरिरहेको रुपन्देहीका सक्रिय सदस्य आकाश भण्डारीले बताए ।

उनले अहिलेसम्म मैनादेवी अनाथ आश्रम , मणीग्राम नेपाल अपाङ्ग आश्रम , ट्राफिक चोक , देवीनगर तथा नगरभित्र खाना नपाएर अभावमा बसेकालाई पनि खाना पुर्याउने काम गरेको र अहिले तिहारको अवसर पारेर गोरीसिंह , भुद्धभुमी नगरपालिका-२ मा साठ्ठी घरलाई खाद्यान्न सहयोग गरेको र कुल खाद्यान्न ५२५ किलो चामल , ७५ किलो दाल , ३५ किलो नुन र २० लिटर तेल रहेको बताएका छन् ।

यसमा सहयोग गर्न र खाद्यान्न सहयोग गर्ने चाहनेले रोबिन हूड आर्मी रुपन्देहीको फेसबुक ग्रुपमा जोडिन समेत आग्रह गरेका छन् ।स्वयम्सेवकहरुको माध्यमबाट खाना संकलन गरेर सही ठाउँमा पुर्याउने काम चलिरहेको र सहयोग गर्नुहुने सबैलाई धन्यवाद दिएको संस्थाले जानकारी छ ।

आकाश भण्डारी- ९८४७००३९२३, तुसार भट्टराई – ९८०६९८७५०० र बिअभ भट्टराई – ९८४७०२५७४० लाइ सम्पर्क गरेर सहयोगी हातहरु हातेमालो गर्न पनि संस्थाले अपील गरेको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु