• पछिल्लो २४ घण्टामा एन्टिजेन र पिसीआर विधिबाट गरिएको २५ हजार ९०९ नमु्ना परीक्षणमा १२ हजार ८ जनामा संक्रमण पुष्टिआज मिति २०७८ साल माघ ११ गते मंगलवारको राशिफलचलचित्र कलाकार संघका महासचिव चेतबहादुर सिंह “राजा” सांस्कृतिक संघको केन्द्रीय सदस्य मनोनीतपछिल्लो २४ घण्टामा १० हजार ३१९ जनामा कोरोना भाइरस को संक्रमण पुष्टिकोरोनाको तेस्रो लहरसँगै निजि विद्यालयको कठिन यात्रा"अव्यवस्थित पार्किङलाई व्यवस्थापन गर्न नगर विकास कोषको योजना यस्तोकरेन्सी तथा नेटवर्किङ कारोबारमा संलग्नलाई कारबाही गर्ने चेतावनीस्वस्थानी समय संगै परिमार्जित कथा बनेको छविदेशमा घुमी घुमीआज मिति २०७८ माघ १० गते, साेमवारको राशिफल

    कृष्णकुमार राई र सविना लिम्बूको ‘मायाँ गर्छु’ सार्वजनिक (भिडियो)

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : २४ कार्तिक २०७७, सोमबार ०६:०६

    काठमाडौं । धरानस्थित नेपाल सुनसरी पत्रकार महासंघ सुनसरीको सभाहलमा सो म्युजिक भिडियो सार्वजनिक गरिएको हो ।

    चोङहाङ राईको शब्द तथा कृष्णकुमार राईको संगीत संयोजन गीतमा एरेन्ज कुन्दन राई रहेको छ । गीतमा प्रेम र रोदनलाई कलात्मक रुपमा गीतमा समेटन खोजिएको छ । आफूले मन पराएको मायालुलाई अङ्गालोमा बाँध्न नपाउँदाको पीडालाई गीतमा समेटिएको छ ।
    गीतको भिडियोलाई ‘हङकङभित्र’ पुस्तकका लेखक क्रान्ति सुब्बाले निर्माण गरेका छन् । नव प्रतिभाका लागी प्रेरणा र हौसला रहोस भन्ने अभिप्रायले भिडियोमा आफुले नगद ४५ हजार सहयोग गरेको प्रस्तुतकर्ता क्रान्ति सुब्बाले बताए । शिरकुमार साङपाङको छायाङ्कन तथा बसन्त उम्बुले राईले सम्पादन तथा निर्देशन गरेका थिए ।
    भिडियोमा गायिका सरिता, कृष्णकुमार राई र सविना लिम्बूको अभिनय देख्न सकिन्छ । गीतको म्युजिक भिडियोमा पूर्वाञ्चलका विभिन्न रमणीय एवम् पर्यटकीय सम्भावना बोकेका स्थानहरुलाई प्राथमिकता दिइएको छ ।
    कार्यक्रमका प्रमुख अतिथि कलाकार प्रेम सुब्बा,मिना श्रेष्ठ, गायक गंगा बरदानलगायतले सफलताको शुभकामना व्यक्त गरेका थिए । कार्यक्रमका धरानमा रहेका कलाकार तथा पत्रकारहरुको उल्लेखिय उपस्थिती रहेको थियो । कार्यक्रममा निर्माता क्रान्ति सुब्बाले गायक गंगा बरदानलाई नगद १० हजार रूपैयाँ सहयोग गरेका थिए ।
    भिडियो :

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु