आगामी चैतसम्म तीन करोड मात्राभन्दा बढी कोरोना विरुद्धको खोप ल्याउने तयारीअसोज दोस्रो सातादेखि तेस्रो लहर आउन सक्ने प्रक्षेपणसुनको चुरा’ बोलको तिज गीत सार्वजनिकचाँडै नै श्रद्धा रोमान्टिक फिल्म ‘चालबाज इन लन्दन’ मा देखिनेसमाजवादी पार्टीको आधिकारिकता उपेन्द्र यादव पक्षलाईआज मिति २०७८ साउन १२ गते, मंगलवारको राशिफलमन्त्री कार्की समक्ष चेम्वर प्रतिनिधि मण्डलद्धारा सुझाव प्रस्तुत, कोरोना महामारीका कारण पहिलो क्षति निजी क्षेत्रले भोग्नु परेको प्रष्टोक्तीएनआरएनए एनसीसी यूएईको अध्यक्षमा कार्यबाहक अध्यक्ष निरन्जन सिलवालले उम्मेदवारी घोषणापछिल्लो घण्टामा देशैभरी ३,४२१ जना कोरोनाका नयाँ संक्रमित थपिएआयुषको'तिमी र म'मा ग्रेसी (भिडियो )
  • मौलिक गीत ‘देउसीरे’ सार्वजनिक

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : २४ कार्तिक २०७७, सोमबार ०६:१३

    काठमाडौं । नेपाली सांगितक आकाशमा यो पटक भने पर्वका गीतहरु त्यति धेरै सार्वजनिक भएन।

    पहिलेको तुलनामा यो पटक न तीजमा धेरै गीत आयो न दशैमा न त अहिले सम्म तिहारमा नै। तर यो पटक भने तिहारमा एक छुट्टै खालको मौलिक गीत ‘देउसीरे’ सार्वजनिक भएको छ।संगीतकार तथा गायिका अस्मि रिसालको तिहारको नयाँ गीत ‘देउसीरे’ सार्वजनिक भएको छ ।

    कर्ण चापागाईको शब्द रचनामा संगीतकार सुरेश अधिकारीको संगीत रहेको यस गीतमा नेपाली चलचित्र नगरीको चर्चित नायिका सुरबिना कार्की र अभिनेता नरेन खड्का र गायिका अस्मि रिसाल र दिपिका थापालाई फिचर्ड गरिएको छ।नेपाली गीत लगायत भारतीय गीतमा पनि अवाज तथा अभिनय गरी सकेकी गायिका अस्मि रिसाल नेपाली सांगितक आकाशमा आफ्नो छुट्टै पहिचान बनाउने कोसिसमा रहेकी छिन। सांगीतिक र अभिनयको कक्षा लिएकी गायिका रिसालले यो पटकको तिहार पर्वको लागी आफ्ना दर्शक श्रोतालाई शुभकामना स्वोरुप यो गीत ‘देउसीरे’ सार्वजनिक गरेकी हुन् ।यस गीतमा सौरब लामाको सिनेमाटोग्राफी ,मित्र गुरुङको सम्पादन रहेकोछ।निर्देशक रामजी लामिछानेको कोरियोग्राफ तथा निर्देशनमा तयार भएको यस गीतलाई ओ एस आर डिजिटलको आफिसिएल युटुब च्यानल मार्फत सार्वजनिक गरिएको हो।

    भिडियो:

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु