आज मिति २०७८ साउन १८ गते, साेमवारको राशिफलमनास्लु वल्र्ड कलेजले कक्षा ११ मा विज्ञान संकायमा भर्ना हुने ३० जना विद्यार्थीलाई छात्रवृत्ति दिनेपछिल्लो २४ घण्टामा थप २,५६८ जनामा कोरोना भाइरस संक्रमण पुष्टिबालिका आश्रमका बालिकाहरुलाई क्यान्सर सचेतना कायक्रम सम्पन्नलायन्स क्लब काठमाडौँ समर्पणद्धारा खाद्यान्न, पोशाक र शैक्षिक सामाग्री सहयोगआज मिति २०७८ साउन १७ गते, आइतवारको राशिफलपछिल्लो २४ घण्टामा ३,१०६ जनामा कोरोना भाइरस संक्रमण पुष्टिजोन चियरपर्सन लायन राजन श्रेष्ठको अध्यक्षतामा डिस्ट्रिक्ट गभर्नर सल्लाहकार समितिको पहिलो बैठक बुधबार सम्पन्नहेर्नुस् आज मिति २०७८ साउन १६ गते, शनिवारको राशिफलAmbassador SH.Shah called uponPrime minister Deuba
  • रुपन्देहीको तिलोत्तमामा देउसी भैलो खेल्न नपाइने

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : २४ कार्तिक २०७७, सोमबार ११:२४

    बुटवल-रुपन्देहीको तिलोत्तमा नगरपालिकामा यसवर्ष देउसी भैलो खेल्न नपाइने भएको छ । कोरोना भाइरस संक्रमणणको जोखिमलाई मध्यनजर गरी नगरपालिकाले नगर क्षेत्रभित्र देउसी भैलो नखेल्न आग्रह गरेको हो ।

    तिलोत्तमा नगरपालिकाले आइतबार एक सूचना जारी गरी नगर क्षेत्रभित्र कोरोना भाइरस संक्रमण समुदायस्तरमा तीव्र रुपमा फैलिएकाले दिपावलीको अवसरमा खेलिने देउसी भैलो कार्यक्रम नगर्न र नगराउन नगरवासीलाई सचेत गराएको हो ।

    कोरोना संक्रमणको सम्भावित जोखिमलाई रोकथाम, नियन्त्रण तथा न्यूनीकरणका लागि तिहारमा देउसीभैलो नखेल्न जानकारी गराइएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत माधव प्रसाद शर्माले जानकारी दिए ।

    पटकाजन्य वस्तु समेत नपड्काउन नगरपालिकाले नगरबासीहरुलाई आग्रह गरेको छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु