उर्जामन्त्री खड्का र भारतका विद्युतमन्त्री खट्टरबीच भेट, दुई देशको उर्जा विकासका विविध विषयमा छलफलथ्री बाई थ्री एनबिसी नेपाल बास्केटबल च्याम्पियनसिपको सेमिफाइनल समीकरण पूराशुक्रबार देखि नेपाल एग्रीटेक, फुड एण्ड बेभरेज इन्टरनेशनल एक्स्पो हुदैंखानी खोला हाइड्रोपावरको बाह्रौं बार्षिक साधारणसभा सम्पन्नएनआरएनए मूल आयोजक समितिमार्फत महाधिवेशन तयारीलाई थप तिव्रताश्रीस्वस्थानी व्रत आज विधिपूर्वक समापन गरिँदैगीति कविता : मायाको यो सुनौलो यात्रामाMercure Kathmandu Hotel Presents Exclusive Valentine’s Day Experiencesगायक राजेश पायल राईको स्वरमा रहेको ‘रित्तो जन्में’ गीत सार्वजनिकतेजुका कपमा नेपालबाट २ खेलाडीले खेल्ने

चेम्बर अध्यक्ष श्रेष्ठ र महावाणिज्यदूत ढकाल बीच भेटवार्ता

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७७ कार्तिक २६ गते, बुधबार ०५:२६

काठमाडौं, २५ कार्तिक- नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेश काजी श्रेष्ठ र नेपाल तथा जनबादी गणतन्त्र चीनको स्वशासित क्षेत्र तिव्बतका लागि नवनियुक्त महावाणिज्यदूत नवराज ढकाल बीच भेटवार्ता भएको छ । भेटका क्रममा महावाणिज्यदूत ढकालले जनबादी गणतन्त्र चीनको स्वशासित क्षेत्र तिव्बतसँग नेपालको परापूर्वकालदेखिनै व्यापारीक सम्बन्ध रही आएको र नेपालको छिमेकी तथा व्यापार साझेदार भएकोले नेपालको पर्यटन, लगानी तथा व्यापारको क्षेत्रमा यस क्षेत्रको योगदान महत्वपूर्ण हुने बताए । आफ्नो कार्यकालमा पारवहन पूर्वाधारको विकाश, द्धिपक्षीय व्यापार सहजीकरण, नेपालको निकासी अभिवृद्धि तथा पर्यटन प्रवद्र्धन गर्नेतर्फ पहल गर्ने उनले जनाए । नेपाल तथा तिव्बत निजी क्षेत्र बीच समन्वय कायम गरी आर्थिक सम्बन्धलाई सबल एवम सुदृढ बनाउने तर्फ प्रयास गरिने पनि उनले उल्लेख गरे ।

सो अवसरमा नेपाल चेम्बरका अध्यक्ष राजेशकाजी श्रेष्ठले नव नियुक्त्त महावाणिदूत ढकालको कार्यकालको सफलताको कामना गर्दै चेम्बरको आफ्नो गतिविधी बारे प्रकाश पार्दै निजी क्षेत्रको सवलीकरणको लागि नेपाल चेम्बरले पैरवी गरि रहेको स्पस्ट पारे । सो अवसरमा अध्यक्ष श्रेष्ठले नेपाल र चीनको तिव्वत वीचको सडकको स्तरोन्नति तथा व्यापार सहजीकरण भएमा व्यापार अभिवृद्धिको लागि ठूलो संभावना रहेको बताउदै नेपालमा चिनिया बैंकको स्थापना गर्नेतर्फ पहल गरिनु पर्ने ,नेपाल तिव्बत सीमा नाका तातोपानी क्षेत्रको सडक तथा अन्य पूर्वाधार बिकासको लागि प्राथमिकता प्रदान गरिनुपर्ने, केरुङ नाकामा अनावश्यक पारवहन खर्चले गर्दा नेपाली आयातकर्ताहरुलाई थप व्ययभार व्यहोर्नु परेको हुंदा सो हटाउन पहल गर्न महावाणिज्यदूत ढकाललाइ आग्रह गरे । साथै निकासीलाइ सहजीकरण गर्न भंसार नाकामा क्वारान्टाइनको व्यवस्था हुन अति जरुरी भएकोले सोको लागि पहल गर्न पनि उनले आग्रह गरे ।

दुबै देश बीचमा आर्थिक सबन्ध अभिवृद्धि गर्नको लागी लगानी तथा पर्यटन प्रवद्र्धन, व्यापारिक प्रतिनिधी मण्डलको आदान प्रदान, दुवै मुलुकमा आयोजना हुने अन्तर्राष्ट्र्रिय स्तरको मेलामा दुवै पक्षको सहभागिताको लागि पहल हुनुपर्नेमा उनले जोड दिए । यसका साथै दुई मुलुक बीच बि टु वी सम्वन्ध बिस्तारको लागि नेपाल चेम्वर अफ कमर्स सहकार्य गर्न तत्पर रहेको उल्लेख गरे ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु