पर्वतारोहणका साहसिक व्यक्तित्व र जीवन बचाउने नायक 'छिरिङ पेम्बा शेर्पा'आजको देशभरको मौसम ।। कतै हल्का बर्षा–कतै हिमपात ।। बाँकी भू‍–भागमा आंशिकदेखि साधारणतया बदलीहुम्लामा हिमपात ।। चिसो बढ्यो ।। ढिला हिमपात भएकोमा हुम्लावासी खुशी ।।आज अमेरिकी डलर एकको खरिदर १ सय ३५ रूपैयाँ २१ पैसाप्राचार्य गरैको सेवासँगै दान, आश्रमको एउटा कोठा निर्माण गर्नेगायक गोबिन्द राज आचार्यको नयाँ गित 'एकदिन उज्यालो छाउला' सार्वजनिकचलचित्र ‘मिसिङः केटी हराएको सूचना’ अब माघ ११ गतेचलचित्र ‘द्रौपदी’ आगामी ८ चैतबाट देशब्यापी रिलिज हुनेमोवाइल फोनको आविष्कारक मार्टिन कूपर अव ९५ बर्षबागलुङका पाँच सरकारी विद्यालय बन्द

कतारका राजकुमार शेख मोहमद विन अब्दुल्लाहले आमादब्लम हिमालको सफल आरोहण

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७७ कार्तिक २७ गते, बिहीबार ०८:०२

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) महामारीको असहज अवस्थाका बाबजुद कतारका राजकुमार शेख मोहमद विन अब्दुल्लाहले आमादब्लम हिमालको सफल आरोहण गरेका छन् । गत असोजमा नेपाल आइपुगेका कतारका राजकुमार शेख मोहमदसहितको आरोहण दल बुधबार बिहान ११ः२० बजे आमादब्लम हिमालको चुचुरोमा पुगेको हो ।
कोरोना महामारीका बीच आमादब्लम हिमालको सफल आरोहण गरी अन्तर्राष्ट्रिय जगत्मै नेपालको पर्यटन प्रवद्र्धनमा महŒवपूर्ण भूमिका खेलिदिएको उनको आरोहण व्यस्थापनमा सहभागी हिमालयन गाइड्स नेपालका प्रबन्ध निर्देशक ईश्वरी पौडेलले जानकारी दिए । कतारका राजकुमारसहित अमेरिकी र क्यानेडियन आरोहीका प्रतिनिधि गत दसैंको दिन काठमाडौंबाट लुक्ला प्रस्थान गरेको थियो । सो आरोहण दलमा कतारका राजकुमार अब्दुल्लाहसहित अमेरिकी, क्यानेडियन र स्वदेशी गरी १४ जना सहभागी थिए ।

यसअघि बहराइनका राजकुमार पनि नेपालका विभिन्न क्षेत्रको पदयात्रा भ्रमण गरी स्वदेश फर्किएका थिए । बहराइनका राजकुमार फर्किएलगत्तै नेपाल आएका कतारका राजकुमार अब्दुल्लाह गत दसैंको बेला आमादब्लम हिमाल आरोहण गर्न आधार शिविर पुगेका थिए । राजकुमार शेख मोहम्मदसहित १४ सदस्यीय टोली कात्तिकको पहिलो साता आमादब्लम हिमालको आधार शिविर पुगेको थियो ।

अहिलेको अवस्थामा सफल भएको यो आरोहण नेपालको पर्यटन प्रवद्र्धनका लागि एकदमै उपलब्धिमूलक र फलदायी भएको छ ।’

अब्दुल्लाह सहभागी आरोहण टोलीले विश्वको सुन्दर भएर पनि आरोहणका लागि अत्यधिक कठिन मानिने आमादब्लम हिमाल आरोहण गर्नु निकै साहसी काम भएको सरोकारवालाहरू एवं आरोहीहरूको भनाइ छ ।

हिमालयन गाइडस नेपालका प्रबन्ध निर्देशक पौडेलले भने, ‘अहिलेको अवस्थामा सफल भएको यो आरोहण नेपालको पर्यटन प्रवद्र्धनका लागि एकदमै उपलब्धिमूलक र फलदायी भएको छ ।’

सोलुखुम्बुमा अवस्थित ६ हजार ८ सय १२ मिटर उचाइको आमादब्लम हिमालमा पहिलो पटक सन् १९६१ मा आरोहण भएको थियो । यसअघि बहराइनका राजकुमार मोहम्मद हमद मोहम्मद अल खलिफा नेतृत्वको टोलीले गत २९ असोजमा ८ हजार १ सय ५६ मिटर अग्लो मनास्लु हिमाल आरोहण गरेको थियो । सोही टोलीले गत १७ असोजमा ६ हजार १ सय १९ मिटर अग्लो लोबुचे हिमाल पनि चढेको थियो ।

शरद ऋतु हिमाल आरोहणका लागि वसन्तपछिको उत्तम मौसम हो । कोरोना भाइरस संक्रमणको प्रभाव नभइदिएको भए अहिलेको यस मौसममा विभिन्न मुलुकबाट नेपाल भ्रमणमा आउने विदेशी पर्यटकको निकै चाप हुने थियो । तर, अहिले कोरोनाका कारण मुलुकको पर्यटकीय गतिविधि विगतका वर्षमा जस्तो देखिएको छैन । हाल पोखरा, चितवन र अन्य पर्यटकीय गन्तव्य स्थलमा बिस्तारै पर्यटकको चहलपहल बढ्न थालेको सम्बन्धित व्यवसायी एवं सरोकारवालाले जनाएका छन् ।

राजधानी दैनिकबाट

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु