• गुल्मीमा जिप दुर्घटना हुदा एकको मृत्यु ७ घाईते

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : २८ कार्तिक २०७७, शुक्रबार १०:४४

    गुल्मीमा जिप दुर्घटना हुदा एक जनाको मृत्यु भएको छ भने ७ जना घाइते भएका छन । जिल्लाको गुल्मी दरबार गाउपालिका वडा नम्बर २ को फोक्सिङमा मजुवा वाट हटिया तर्फ जाँदै गरेको लु १ च ४७११ नम्बरको जिप गएराति दुर्घटना हुदा जिप चालक खेम गाहा मगरको मृत्यु भएको र ७ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले न्युजलाइन्स नेपाललाई बताएको छ ।
    जिप सडकबाट करिव २ ,३ सय मिटर तल खसेको थियो । घाईते मध्ये तिनजनाको अबस्था गम्बिर रहेको बताइको छ । घाइतेहरुलाई उपचारको लागि पाल्पा पठाईएको छ ।।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु