• गुल्मीमा देउसीभैलो खेल्न रोक

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : २८ कार्तिक २०७७, शुक्रबार १७:१८

    गुल्मीमा देउसीभैलो खेल्नका लागि रोक लगाइएको छ । समुहमा खेलिने देउसीभैलो वा यस्ता किसिमका कार्यक्रमहरु नगर्न जिल्ला प्रशासन कार्यालयले एक सूचना जारी गर्दै रोक लगाएको छ । अहिले गुल्मी
    जिल्ला लगाएत छिमेकी जिल्लाहरुमा कारोना संक्रमणको दर बढीरहेकाले एकठाउबाट अर्को ठाउमा आबतजाबत नगरी जो जहाँ छ त्यहीँ बसेर चाडपर्व मनाउनका लागि आग्रह गरिएको प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्माले न्युजलाइन नेपाललाई जानकारी दिए । चाडपर्वको समयमा मानिसहरु बढि आवतजावत गरी समुहमा देउसी भैलो जस्ता कार्यक्रमहरु गर्दा सँक्रमण झन बढी फैलने हुदा यस्ता किसिमका कार्यक्रम गर्न रोक लगाइएको र जुवातास खेल्न खेलाउन पनि निषेध गरिएको बताइएको छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु