दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

कोरोना कहरमा पनि हाँस्न सिकौ, बाँच्न सिकौ – सुस्मा महरा, वरिस्ठ सौन्दर्यविद्

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७७ कार्तिक २८ गते, शुक्रबार १७:३१

विश्वव्यापी रुपमा फैलिएको कोरोना महामारीको कहरले तमाम मानिसहरुलाई निकै नै निराश बनायो । सारा संसार नै डरले काप्ने स्थिती रह्यो । सबै देशका सरकार अन्यौलमा परे संसारनै लकडाउन भयो । तर पनि मानिसहरुले खुसि खोजि नै रहे । अर्थात दु:खमा पनि मानिसले हास्न छाडेनन् । टिकटक बनाएर होस या घरको नयाँ नयाँ रेसिपि बनाएर होस मानिसहरु रम्न खोजे ।


यो महामारीको बेलामा मानिसको सबै भन्दा बलियो गुण आफु र संसारलाईनै खुसि राख्न सक्नु रहयो । दु:खमा साथ दिएर होस् वा अन्य रचनात्मक सहयोग गर्दै, अधिकांश मानिसले मानविय गुण प्रस्तुत गरे। दर्शकदिर्घा खाली भएता पनि, खेल मैदानहरु शुन्य भए पनि खेल प्रेमीका लागि आइपिएल, युरोपियन लिग आदीले खुशीको संचार गरायो । ठप्प बनिसकेको खेलकुद क्षेत्रलाई यि र यस्ता ठुला प्रतियोगिताले चलायमान बनाएको छ ।

भारतमा सुपर स्टार अक्षकुमार अभिनित चलचित्र लक्ष्मिको रिलिजले एकचोटि यो महामारीलाई बिर्साईदिएको छ । यस्तै हामीले पनि आफ्नो मौलिकतासँग जोडिएको दशैं मनाएर दु:खमा सुख खोज्ने मौलिकपना दर्शाइसकेका छौ । त्यसो त कोभिडको कहर माझमा अन्य चाडपर्वहरु पनि मनायौ । अब अर्को ठुलो चाड तिहार सम्मुखमा नै छ । यो पर्व कार्तिक कृष्ण पक्ष त्रयोदशीका दिन काग तिहारको नामले शुरु भएर कार्त्तिक शुक्ल पक्षको द्वितीया तिथिको भाइटीकासम्म (पाँच दिन) मनाइन्छ । काग तिहार ,कुकुर तिहार , गाई पुजा, लक्ष्मी पुजा ,महपुजा र नेपाल संवत समेत पर्ने गरेकोले यस समय निकै नै हार्दिक हुने गर्छ भने दिपावली गरिने हुँदा देश नै धपक्क बलेको हुन्छ । तिहार ताक फूल फुल्ने हुँदा यसको सुगन्ध र सौन्दर्यले मानिसमा फरक उर्जा र उमंग पनि विकास हुन्छ नै ।

संचार माध्यम वा अन्य श्रब्य दृष्‍य प्रविधीमा बज्ने तिहार गीत वा भैलिनीबाट मानिस लठ्ठ पर्ने हुँदा यसले छुट्टै रौनकता दिन्छ नै । आखिर दसैं तिहार र आसपास मनाईने चाडपर्वले मानिसको पिडालाई कम गर्न माहौल सिर्जना गरेका छन्, गर्दैछन् ।महामारीको प्रभाव कायमै छ । आगामी महिना देखि यसको खोपहरु आउने चर्चा चुलिंदो छ । तसर्थ धैर्यतापुर्वक खोपको प्रतिक्षा नगरि धर छैन । त्यतिन्जेलका लागि अझ बढी सर्तकताका साथ आउने चाडलाई मनाउँनुमा उत्तम हुनेछ । समाजीक दुरी कायम राखौं , भिडभाडमा माक्सलाई अनिवार्य लगाउ र जाडो महिना शुरु भएकोले यो पाली विषेश ध्यान दिएर रुघाखोकी लाग्नबाट बचौं । आफु पनि बाँचौ र अरुलाई पनि बचाऔ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु