• तामाङ सोसाइटी अफ अमेरिकाको १०औ महाधिबेशन सप्पन्न

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : २८ कार्तिक २०७७, शुक्रबार २०:३३

    वाशिङ्टन- तामाङ सोसाइटी अफ अमेरिकाको कार्यसमिती पुर्तीसँगै विभागिय कार्य विभाजन सम्पन्न भएको छ । सोसाईटीको हालै सम्पन्न १० औँ महाधिबेशन पस्चात अक्टोबर २५ तारिखमा सम्पन्न नवगठित कार्य समितीको पहिलो बैठकले उक्त निर्णय लिएको हो ।

    कार्य समितीका अध्यक्ष छेमाङ तामाङको अध्यक्षतामा सम्पन्न उक्त बैठकले सोनाम भ्लोन र चन्द्र बज्यूलाई कार्यसमितीको रिक्त दुई सदस्यमा मनोनयन गरेको छ भनेकार्य समिती अन्तर्गत बिभिन्न ५ बिभागहरु गठन गरी कार्यबिभाजन समेत गरेको छ।

    सोसाईटीको कार्य विभाजन निम्न अनुसार गरिएको छ

    १. सँस्कृति, भाषा, ईतिहास तथा सम्पदा विभाग संयोजक -चन्द्र बज्यू सदस्य – अनिता मोक्तान र धावा लामा।

    २. खेलकुद विभाग संयोजक – पासाङ लामा सदस्य – सोनाम भ्लोन र सानु मोक्तान।

    ३. युवा तथा शिक्षा विभाग संयोजक -प्रबिण लामा सदस्य – मनोज तामाङ, कुन्साङ लामा र धावा लामा।

    ४. संचार, सम्बाद तथा जनसंपर्क विभाग संयोजक – राम गोले सदस्य – निमा लामा र चन्द्र बज्यू ।

    ५. महिला सशक्तिकरण विभाग संयोजक – निमा लामा सदस्य – सुनिता लोप्चन र अनिता मोक्तान ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु