• भर्खरै आईपिओ जारी गरेको साधना लघुवित्तको पहिलो त्रैमासमा कस्तो गर्यो प्रगति ?

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : २८ कार्तिक २०७७, शुक्रबार २२:४६

    साधना लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । लघुवित्तले पहिलो आर्थिक वर्षको पहिलो त्रैमासमा १ करोड ७४ लाख खुद नाफा आर्जन गर्न सफल भएको छ ।
    यो नाफा अघिल्लो वर्षको तुलनामा १२७ प्रतिशतले धेरै हो । गत आर्थिक वर्षको यसै अवधिमा लघुवित्तले ७६ लाख ६३ हजार रुपैया खुद नाफा कमाएको थियो । लघुवित्तको खुद ब्याज आम्दानी बढेसँगै खुद नाफा पनि बढेको हो । पहिलो त्रैमासमा लघुवित्तले ३ करोड १२ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । गत आर्थिक वर्षको यसै अवधिमा लघुवित्तले २ करोड ४६ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । त्यस्तै, लघुवित्तको अन्य सञ्चालन आम्दानी पनि १ करोड २१ लाख वाट बडेर २ करोड १७ लाख रुपैयाँ पुगेको छ । पहिलो त्रैमासमा लघुवित्तले ७१ लाख रुपैयाँ सञ्चालन नाफा गरेको छ । गत आर्थिक वर्ष यस्तो नाफा १ करोड ५ लाख थियो । सम्भावित जोखिम बापतको व्यवस्थामा उल्लेख्य रकम छुट्याउँदा उसको सञ्चालन नाफा कम भएको हो । लघुवित्तले सम्भावित जोखिम वापत १ करोड ८३ लाख रुपैयाँ छुट्याएको छ ।
    लघुवित्तको कर्जा लगानी १ अर्ब ३६ करोड रुपैयाँवाट बढेर २ अर्ब २६ करोड रुपैयाँ पुगेको छ भने निक्षेप संकलन ३२ करोड ५९ लाख रुपैयाँवाट बढेर ५४ करोड ६५ लाख रुपैयाँ पुगेको छ ।
    लघुवित्तको खराव कर्जा अनुपात ०.३२ प्रतिशतवाट बढेर ०.७० प्रतिशत पुगेको छ । हाल २१ करोड ७७ लाख रुपैयाँ चुक्ता पूँजी रहेको लघुवित्तको जगेडा कोषमा ७ करोड ८३ लाख रुपैयाँ छ । लघुवित्तको प्रतिशेयर आम्दानी ३२ रुपैयाँ ८ पैसा, प्रतिशेयर नेटवर्थ १३५ रुपैयाँ ९९ पैसा र मूल्य आम्दानी अनुपात २५.४१ गुणा रहेको छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु