इलाम ।
राष्ट्रिय सङ्गीतकर्मी सङ्घका उपाध्यक्ष रमेश दुलालले १७ औं काग सम्मेलन गृहजिल्लामा गरेका छन् ।
काग तिहार दिन विगत १६ वर्ष देखि रत्नपार्कमा काग सम्मेलन गर्ने गरेका दुलालले कोरोना का कारण यसपटक इलाम नगरपालिका–२,सुम्बेकका गरेका हुन् ।
इलामका प्रमुख जिल्ला अधिकारी तुलसी सेडाइँ, इलामका प्रहरी प्रमुख नबिनराज राई, सञ्चारकर्मी तथा स्थानीयको सहभागीतामा मुखबाट कागको जस्तै आवाज निकालेर उनले सदरमुकामको चोक बजार र माइस्थान मन्दिरमा काग बोलाए ।
उनले कागलाई खुसी हुँदा र दुःख परेका बेलाको आवाज निकाल्दा दर्जनौं काग वरिपरि जम्मा भएका थिए ।