• राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा बक्सिङ खेलको माध्यमद्वारा देश सेवामा समर्पित मनका धनी :- मान गुरुङ

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : ३० कार्तिक २०७७, आईतवार ०९:५१

    मान गुरुङ नेपाली खेल जगतका एक बहुचर्चित बक्सिङ खेलाडी हुनुहुन्छ । उहाँले जिल्ला स्तरिय,क्षेत्रिय,राष्ट्रिय स्तरिय हुँदै अन्तर्राष्ट्रिय स्तरमा सम्म ख्याती कमाउनु भएको छ । अन्तर्राष्ट्रिय लेबलमा बिभिन्न फ्रेन्डसिप गेमका रुपमा इन्डोनेसिया,थाइल्यान्ड भियतनाममा सहभागी जनाइ सक्नु भएको छ र ति देशहरुमा कत्ति त च्याम्पियनसिप म्याचमा पनि सहभागी हुने अवसर पाउनु भएको छ । सिङगापुरमा चार बर्ष बसेर एक ब्यबसायिक बक्सिङ खेलाडीको रुपमा स्थापित हुन भएका गुरुङ थाइल्यान्डमा पनि धेरै समय ब्यतित गर्ने अवसर पाउनुभयो ।

    सिङगापुरमा रहदा पनि उहाँले बिभिन्न राष्ट्रिय स्तरको च्याम्पेनसिपमा सहभागी भएर मेडल तथा सम्मान पाउनु भएका कारण उहाँ एक सफल बक्सिङ खेलाडीका रुपमा स्थापित हुँदै जानु भयो । सानै उमेर देखी एक इमान्दार र खेल प्रती अत्यन्त चाख राख्ने स्वभावका कारण उहाँ आफ्नो गुरुको एक आज्ञाकारी खेलाडीको रुपमा सबै सामु परीचित हुनु हुन्छ । एक असल र सफल खेलाडीमा हुनु पर्ने प्रमुख गुणहरु पर्याप्त भएका कारण नै उहाँ अहिलेको अवस्थामा आफु पुग्न सकेको औल्याउनु हुन्छ । आफ्नो गुरु र कोचले दिएको नियम निर्देशन अनुसार चलेमा मात्र आफ्नो लक्ष्यमा पुग्न सकिन्छ र एक असल खेलाडीको रुपमा स्थापित हुनका लागि यि कुराहरुमा ध्यान दिनु अत्यन्त जरुरी हुन्छ भन्नु हुन्छ मन गुरुङ ।

    भोलिका दिनहरुमा स्तरिय बक्सिङ खेलाडी उत्पादन गर्ने दायित्व पनि हाम्रो नै हो भनी उहाँले आफ्नै लगानीमा बक्सिङ एकेडेमी पनि धेरै समय पहिला देखी सन्चालन गर्दै आउनु भएको छ ।
    चावहिलमा रहेको उहाँको एकेडेमी पर्याप्त स्पेस नहुँदा बन्द गरेर अब छिट्टै अर्को स्थानमा सार्ने र गाउ घरका खेलाडीले पनि आफ्नो बजेट अनुसार खर्च गरेर एक स्तरिय बक्सिङ खेलाडी उत्पादन गर्न सकिन्छ भनी बिल्कुलै भिन्न गाउले परीवेश एकेडेमी स्थापना गर्ने उहाको गृह कार्य भइसकेको छ । जुन एकेडेमीमा सबै स्तरका नवआगन्तुक खेलाडीले प्रबेश पाउन कुनै सोच्नु नपर्ने उहाँको लक्ष्य छ । उहाको गृहकार्य अनुसार २ हजार ३ हजार बोकेर आउनेले पनि एक स्तरिय कोचका साथमा सिक्ने मौका पाउने छ । उहाँको खेल जिवनमा धेरै उतार चढाव, रमाइला र दुखद दिनहरु पनि भोग्नु भएको छ ।
    बक्सिङ खेल खेल्ने क्रममा उहा हङकङ, सिङगापुर,मलेसिया,भियतनाम,थाइल्यान्ड लगायतका अन्तर्राष्ट्रिय खेलहरुमा रमाइला भन्दा पनि उहाँका नरमाइला क्षणहरु धेरै छन । खेल नै हो हार जितको हिसाबमा कहिले काही उहाँले अरुलाई पनि नरमाइलो बनाउनु भएको अनुभुतीहरु उहाको मानसपटलमा अहिले पनि ताजै छन् ।
    बक्सिङ खेल त्यसैमा पनि एक जोखिम खेल नै मानिन्छ तर पनि मन गुरुङले आफ्नो देश र देशबासीका नाममा एक इमान्दार हुँदै खेल्नु भयो र जित पनि हात पार्नु भयो । आफ्नो इमान्दारी, समय अनुकल चल्न सकेमा खेल जिवन पनि सफल हुनेमा कुनै दुई मत छैन । खेलको दौरान रमाइलो नरमाइलो दुबै हुन्छ र यो अनुभव उहाँसंग पनि छ । दर्जनौ बिदेशी खेलाडीहरुसँग बिदेशी भुमिमा खेल्दा उहाँका धेरै तितामिठा अनुभव छन् । खेलको दौरानमा जतिसमय नै बिदेशी भुमिमा रहे पनि उहाँले आफ्नो नेपाली माटोलाइ कहिल्यै भुल्नु भएन । देशले हामीलाइ के दियो भन्दा पनि हामीले देशलाइ के दिन सक्यौ भने भावना राख्नु पर्ने उहाँको सोच छ । बक्सिङ खेल खेलेर पनि सहज जीवनयापन गर्न सकिने र एक सफल र व्यवसायिक बक्सिङ खेलाडीले राम्रो प्रगती गर्न सक्ने उहाँको बिचार छ । नेपालमा पनि राम्रा राम्रा बक्सिङ क्लबहरु खोलिएका छन् र उनिहरुले पनि राम्रो प्रशिक्षण दिएर एक सक्षम खेलाडीहरु उत्पादन गरिरहेका छन जुन निकै सराहनिय कार्य मान्न सकिन्छ । नियम र अनुशासनमा रहेर आफ्नो इज्जत गर्न सक्ने नव आगन्तुक खेलाडीहरुका लागि भविष्य राम्रो छ ।
    देशले जे दिएको छ त्यसमा उहाँ अतिनै खुशी हुनु हुन्छ । नेपालले उहाँका लागि जुन लगानी गरेको थियो त्यसको उहा रिनि नै छु भन्नु हुन्छ । राष्ट्रिय च्याम्पियन भएर जति सम्म उहाले देशका लागि गर्नु भयो त्यो अझ अपुग र आफुले अझै देशका लागि धेरै गर्न बाँकी छ भनि आफ्नो देश प्रतिको दायित्व बोध गर्नु हुन्छ । मैले म जस्ता र म भन्दा पनि धेरै राम्रा खेलाडी उत्पादन गर्नु पर्ने अबिभारा मेरो काधमा छ उहाँले एक भेटमा प्रष्ट साथ आफ्नो मनको कुरा खुलाउनु भयो । यसका लागि मैले गाँउ–गाँउ बाट आउने गरिब तथा जेहेन्दार खेलाडीहरुका लागि बढि प्राथमिकता दिनु पर्ने छ उहाले थप्नु भयो । अहिले बक्सिङ एकेडेमीहरु पनि दिनानु दिन महङगो शुल्कमा सिकाउने हुदा गरिबका छोरा छोरीहरुले अबसर नपाएको उहाको ठम्याइ भएर नै सहज र कम मुल्यमा आफुले स्तरिय बक्सिङ सिकाउन थालेको कुरा खुलासा गर्नु भयो र त उहाँलाई एक मनकारी असल ब्यक्तिका रुपमा लिन थालिएको छ । देशमा राजनैतिक स्थिरता भएमा र खेलाडीमा निरन्तर अभ्यासमा रहन सके जोश जागर बढ्ने र अन्तरास्टिय स्तरमा प्रतिशप्रदा गर्न सहज हुने उहाँको सकारात्मक सोच छ ।


    धरातलिय हिसाबले पनि नेपालमा डाँडापाखा पर्याप्त छन र यस्तो स्थानमा जन्मिएको जो कोहिलाइ पनि पर्याप्त तालिम गरेर सक्षम बनाउने उहाँको ठुलो इच्छा छ जो शारिरिक रुपमा स्वस्थ्य होस् र उसलाई कुनै किसिमको तनाव नहोस् भन्ने छ । गरे के हुन्न मेहनतका साथ दिन रात अभ्यास गरेर नै मानिस सफल भएका छन तसर्थ एक सफल बक्सिङ खेलाडी मान गुरुङका माथिका प्रेरणादायी सोचहरु सबै नब आगन्तुक बक्सिङ खेलाडीहरुका लागि एक महत्व पुर्न कडि साबित हुन सक्नेमा कुनै दुइ मत छैन । उहाँको खेल जीबनका सन्घर्सका दिनहरुले धेरै पाठ सिकाएका छन र त उहा सधै दिर्घ कालिन सोचका साथ सोच बिचार गरि निश्पक्ष निर्णय गर्न खप्पिस हुनुहुन्छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु