• बज्यैको सेकुवामा नाम अनुसारको नै सेवा दिइरहेका छौं

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : ३० कार्तिक २०७७, आईतवार ११:१४

    हिन्दुहरुको महान चाड तिहार सबैको घर आँगनमा आइपुगिसकेको छ । कोरोना माहामारीका भागदौडको जिवनशैलीमा स्वस्थ्य खानपिनको विशेष महत्व हुन्छ । हाम्रो शरीरले स्वस्थबर्धक आहारविहार प्राप्त गर्न सकेन भने विभिन्न रोगको शिकार हुने गर्दछ । राजधानीको अस्तव्यस्त जीवनशैली स्वस्थ खाना पाउन झनै असहज भएको अवस्थामा राजधानीको शंखमुलमा खानाका पारखीहरुको स्वादलाई मध्यनजर गर्दै सञ्चालनमा रहेको बज्यैको सेकुवा’रेस्टुरेन्टमा आवद्व सेफ सुनिल मगरसंग गरिएको कुराकानीः

    बज्यैको सेकुवा कस्तो रेस्टुरेन्ट हो ?

    ‘पूर्ण पारिवारिक वातावरणमा सेवा उपलब्ध गराई ‘सफा तथा हाइजेनिक खाना तथा खाजा हामी पाहुनालाई खुवाउँछौं ।

    यहाँको स्पेशल भनेको ?

    हाम्रो स्पेशल भनेको खसी, कुखुरा, बदेलको सेकुवा नै हो । बिभिन्न मासु बिशेष स्वाद पाइन्छ । अलावा ग्राहकले अर्डर अनुसार नेपाली खाना ,खाजा सेट भुटुवा, मः मः, चाउमिन सेकुवा लगायत खसीको भुटन कलेजो लगायत कुखुराको विभिन्न परिकारहरूको स्वाद होमडेलिभरि अन्य पेय पदार्थ समेत ग्राहकवर्गले लिन सक्छन् ।
    तपाईं कस्ता प्रकारका खाना बनाउनु हुन्छ ? म सबै जसो खाना बनाउछु टिपिकल नेपाली, इन्डियन, इन्डियन तन्दुरी, कन्टिनेटल ।

    अन्तमा ?

    हाम्रो संचालक राकेश ढकाल जो बिगत लामो समय काठमाडौंका विभिन्न सेकुवा कर्नरहरूमा वेटरदेखि मेनेजरसम्म काम गरे को अनुभवका साथमा संचालनमा छ ।बज्यैको सेकुवा नाम अनुसारको नै सेवा दिइरहेका छौं । विशेषतः परम्परालाई जीवन्त राख्न परम्परागत खाना नै पस्किने कोसिस गरेका हौं । सेवा गर्ने एक पटक मौका दिनुस् विगतका तिहारभन्दा यस वर्षको तिहार अलि भिन्न छ । कोरोना महामारीका कारण सबैमा एक किसिमको त्रास हुँदा हर्षाेल्लासका साथ चाड मनाउने समय पनि छैन । सुरक्षित साथ तिहार मनाऔ सबैमा शुभकामना ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु