• एदा घोर्की ताम` नामक तामाङ म्युजिक भिडियो सार्वजनिक

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : ३० कार्तिक २०७७, आईतवार १५:५९

    काठमाडौ ३० कार्तिक।
    आज काठमाडौको जोरपाटीस्थित छिमेकी क्याफेमा तामझामका साथ तामाङ चलचित्रका महानायक नायक अमिर दोङ्गको सभापतित्वमा एवम् तामाङ समुदायका वरिष्ठ गितकार तथा सङ्गितकार चन्द्रकुमार दोङको
    प्रमुख आतिथ्यतामा ´एदा घोर्की ताम`नामक म्युजिक भिडियो सार्वजनिक गरिएको हो।

    डम्फू मिडियाको प्रस्तुति रहेको उक्त म्युजिक भिडियोमा शब्द तथा संगितकार बिशाल काल्तेनको रहेको छ भने जितु लोप्चन र रमित तामाङले स्वर दिएका छन् ।

    अमिर दोङको निर्देशन रहेको उक्त गितमा सागर मोक्तान कुइसाङ रुम्बा र याङ्गी दोङ लाई फिचरिङ गरिएको छ।

    गितको भिडियोमा युद्ध लामाको कोरियोग्राफि रहेको छ भने छायांकन सुर्य लामाले गरेका हुन् ।
    गितको छायांकन पोखराका रमणिय स्थलहरुमा गरिएको निर्देशन दोङले जानकारी दिएका छन् ।
    गितलाई डम्फू मिडियाको अफिसियल युटुब चैनल मार्फत सार्वजनिक गरिएको छ।

    हेर्नू होस् पूरा भिडियो…

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु