दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

ऊ रास्ट्र नेता होईन, भ्रष्ट नेता हो

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७७ कार्तिक ३० गते, आईतवार १६:०७

सोच्दैछु मेरो दृस्ठि भ्रम पो होकि,
अझै सोच्दैछु म निन्द्रा मै पो छुकी,
आफैले आफुलाई चिमोट्छु कोट्याउँछु ,
चिसो पानीले पखाल्छु र झस्किदै मुसुक्क हाँस्छु,
हैट मत बिपना मै रहेछु !!

न कुनै रोजगारी
न कुनै आय मुलक उद्दम
न कुनै ब्यापार, ब्यबसाय !!

हिजोको चप्पले ऊ रातारात कसरी फेरियो ?
आहा,
remond को suit ,
पाल्पाली ढाकाटोपी ,
चिल्ला पजेरो ,
पिज्जा, बर्गर ,मटन र whisky
हिस्टपुस्ट शरीर ,
करोडौंको बैंक ब्यालेन्स,
आसेपासेको लर्को !!

सोच्दैछु सपना त होईन कतै ?
तर
बिपना मान्न पनि सक्दिन !!

मलाई अझै याद छ
झुपडीमा मोहि मकैले भोक मेटेको
बासी ढिंडोले छाक टारेको
परालमा घुसुल्टिएर निद मारेको
कुवाको पानी भोगटेको पातले उठाएर प्यास मेटेको !!

त्यति सजिलै कहाँ भुल्न सक्छु र म

हिजोका ती रास्ट्रवादका नाराहरु
हिजोका ती वर्ग संघर्षका भाषणहरु
हिजोका ती योद्धा
हिजोका ती क्रान्तिकारीता
हिजोका ती आमूल परिवर्तनका गाथाहरु !!

प्रश्नहरु नउब्जिएका होईनन
कति छिटै फेरिए जिवनशैलि ?

कतै बिकास आयोजनामा भ्रष्टाचार पो गर्यो कि ?
वर्ग, लिंग, सम्प्रदाय, जात, भाषा र धर्मको लिलाम पो गर्यो कि ?
गामबेसी धाउने खुट्टाले कुटनिती बेच्न MBC धाउने पो गर्यो कि ?
एकताको गाउँमा झगडा लगाएर डलर पो झार्यो कि ?
रास्ट्रीयता बेचेर कमिसन पो हात पार्यो कि ?

आफैले आफुलाई प्रश्न गर्छु,
आकस्मात कसरी फेरियो ऊ ?

हिजोको झुत्रे सुट लाउने भयो,
हिजोको चप्पले बुट लाउने भयो,
सेवामुखी राजनीति पेशामुखी बनायो
तसर्थ ,
ऊ रास्ट्र नेता होईन, भ्रष्ट नेता हो !!

रामचन्द्र तिम्सिना
(आवाज)

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु