गरिबको कर्म

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७७ मंसिर २ गते, मंगलवार १७:५५

उजाड थियो उजाडै छ,
चल्दैन बतास !!
न गन्ध न सुगन्ध ,
चल्दैन सुवास !!

आँशुले भक्कानिंदै आमा मरिन ,
पिडाले छटपटिएर बाबा मरे ,
उपचार नपाएर दाजु मरे,
मुख देखाउँन नसकेरै दिदी मरिन !!

कानुन सामन्तिको गुलाम बन्यो ,
सामन्तीलाई बिदेशिले गुलम बनायो !
कठै जनता ,
यी दुईटैको दास बन्यो !!

बहिनिले मुख खोल्दिनन ,
भाई डरले स्कुल जादैनन ,
नत निर्धक्क चेली छिन् ,
नत ढुक्क कोहि छन् !!

सामन्ती झनझन बलियो हुँदैछ ,
दलाली झनझन सक्रिय हुँदैछन् ,
खै कस्ले कुन क्रान्ती केका लागि गरेछन् ,
सर्वहाराको जिवनस्तर जस्ताको त्यस्तै छ !!

ल्याईनेछ –
फेरिनेछ –
गरिनेछ –
हुनेछ –
जस्ता धेरै आशावादी नारा सुनियो ,

खै कस्ले के ल्यायो ?
खै कहाँ के फेरियो ?
खै कस्ले के गर्यो ?
खै कहाँ के भयो ?
थाहा छैन हजुर ,

पर्देशी पर्देश मै रुन्छ, घरदेशी घरमा !
हिजो जस्तो आज उस्तै, गरिबको कर्म !!

?️रामचन्द्र तिम्सिना
(आवाज)

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु