• पछिल्लो २४ घण्टामा देशभर ५०२ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : २ मंसिर २०७७, मंगलवार २०:०३

    २ मंसिर, काठमाडौं । पछिल्लो २४ घण्टामा ५०२ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ ।

    देशभरका प्रयोगशालामा ३ हजार ११२ नमुना परीक्षण गर्दा २०४ महिला र २९८ पुरुषमा संक्रमण पुष्टि भएको हो । उनीहरुमध्ये ३३९ जना काठमाडौं उपत्यकाका छन् ।

    यससँगै कुल संक्रमितको संख्या २ लाख ११ हजार ४७५ पुगेको छ । उनीहरुमध्ये १२४७ जनाको मृत्यु भएको छ भने १ लाख ७९ हजार २४२ जना संक्रमणमुक्त भएका छन् ।

    हाल देशभर ३० हजार ९८६ सक्रिय संक्रमित छन् ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु