• संगीतकार शान भुसालले गरे अमेरिकाबाटै म्यूजिक भिडियोको रिलिज

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : ३ मंसिर २०७७, बुधबार २१:११

    काठमाडौं ।विगत दुईदशकदेखि नेपाली गीत संगीतको विकास र प्रबद्र्धनमा समर्पित संगीतकार शान भुसाल, जो हाल अमेरिकाको टेक्सासमा बस्दैआएका छन् ले सुप्रशिद्ध गीतकार कपिलराज गिरीद्वारा लिखित अञ्जु पन्त र निसान भट्टराईद्वारा श्वरबद्ध ‘जति म मन पराउँछु तिमीलाई….’ बोलको गीतको म्यूजिक भिडियो तिहारको समय पारेर सार्वजनिक गरेका छन् । रोशन लामाद्वारा निर्देशित उक्त म्यूजिक भिडियोमा चर्चित कलाकार प्रियँका कार्की र आयूष्मान देशराजले अभिनय गरेका छन् । प्राविधिक र चर्चित कलाकारहरु लिएर बनाइएको उक्त गीतको म्यूजिक भिडियो उत्कृष्ट छ । संगीतकार भुसाल भन्छन्– गीतकार कपिलराज गिरीका शब्दहरु गहन हुनुका साथै लयात्मक हुनु अरुभन्दा उनको पृथक गुण हो । यस गीतका शब्दहरु पनि अब्बल छन् र संगीत पनि राम्रो बनेको छ । आशा छ दर्शकले रुचाउनेछन् ।’ त्यसैगरी गीतकार कपिलराज गिरी गीतको बारेमा यसो भन्छन्– संगीतकार शान भुसाल र मेरो सहकार्यक धेरै पूरानो हो । उनी अमेरिका बस्दै आए पनि नेपाली गीत संगीतको विकास र विस्तारमा निरन्तर सक्रिय छन् । नेपाली गीत संगीतको अन्तर्राष्ट्रियस्तरमा विकास र प्रबद्र्धन हुनुपर्छ भन्ने मान्यता राख्छन्, जुन तारिफयोग्य सोच हो । मेरो गीतमा उनले न्याय गरेका छन् भन्ने मलाई लागेको छ ।
    गुञ्जन स्टूडियो रेकर्ड गरिएको उक्त गीतको म्यूजिक भिडियोको पोष्ट प्रोडक्सनको कार्य च्भम ःयलप एचयमगअतष्यल मा गरिएको हो भने क्यामेरामा उत्सव दहाल,सम्पादनमा विकास दहाल रहेका छन् । उक्त गीत संगीतकार शान भुसालको यूट्युब च्यानलमा हेर्न सकिनेछ ।

    भिडियो:

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु