• हेर्नुस् के छ नेपाली बजारमा बिहीबार सुनचाँदीको मुल्य

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : ४ मंसिर २०७७, बिहीबार १९:१६

    काठमाडौं । बिहीबार सुनको भाउमा गिरावट आएको छ । आज नेपाली बजारमा सुनको भाउ तोलामै ७ सय रुपैयाँले घटेको हो । यो गिरावटसँगै प्रतितोला छापावाल सुन ९४ हजार ४ सय रुपैयाँ र तेजाबी सुन ९३ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

    यसैगरी, आज चाँदीको भाउ पनि तोलामा १५ रुपैयाँले घटेको छ। योसँगै प्रतितोला चाँदीको मूल्य १ हजार २१५ रुपैयाँ कायम भएको छ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु