आज छठ पर्वको आज मुख्य दिन अस्ताउँदो सूर्यलाई पूजा आराधना

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७७ मंसिर ५ गते, शुक्रबार ०६:५५

काठमाडौं । कार्तिक शुक्ल चतुर्थीदेखि मनाइने छठ पर्वको आज मुख्य दिन अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अर्घ्य दिइँदैछ ।

बुधबारदेखि सुरु भएको यो पर्वको पहिलो दिन स्नान गरी एक छाक खाएर बस्ने गरिन्छ । दोस्रो दिन कार्तिक शुक्ल पञ्चमीमा सखर हालेर बनाइएको खीर (खरना) षष्ठी मातालाई चढाएर अलिकति व्रतालुले प्रसादस्वरुप खाने र नुन नखाएरै एक छाक फलाहार गरिन्छ ।

यो पर्वको मुख्य दिन कार्तिक शुक्ल षष्ठीका दिन कठोर निराहार व्रत बसी बेलुकी अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अर्घ्य दिने विधिविधान छ । षष्ठीका दिन रातभर जागा बसी कात्तिक शुक्ल सप्तमीका दिन बिहान उदाउँदो सूर्यलाई पूजा आराधना गरी विधिपूर्वक अर्घ्य दिएपछि यो पर्व समापन हुन्छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु