• एनआरएनए आईसिसीमा अस्ट्रेलियाबाट गणेश केसीले उपाध्यक्षमा उम्मेदवारी दिनेमधेश प्रदेश नाम राखेकोमा चुरेभावर लोकतान्त्रिक पार्टीको विरोधआज नेप्से ३८.३५ अंकले घटेर दुई हजार ८ सय ९८ दशमलब ३१ विन्दुमानेकपा (माओवादी केन्द्र समाजवादी) द्धारा आगामी २ वर्षभित्र कम्युनिष्ट सम्मेलन गर्ने घोषणा, यस्तो छ उद्देश्यनिर्वाचनको डरबाट मुक्त हुन प्रधानमन्त्री देउवालाई आग्रह गर्छु, सडक संघर्षबाट निर्वाचनको लागि बाध्य पार्नु नपरोस : पोखरेलनिर्वाचनको हकमा संविधान वा कानूनको परिधिभन्दा एक दिन पनि बाहिर नजाने भन्ने प्रधानमन्त्रीको चाहना छ : मीन विश्वकर्मानम्रता अर्यालको अभिनयमा "निस्ठुरी माया बोलको म्युजिक भिडियो सार्वजनिकदेश बनाउने रहर भन्छन मानिससार्वजनिक स्थानमा हिँडडुल गर्न खोपकार्ड अनिवार्यमध्य तराईमा दिन प्रतिदिन चिसो बढ्दै

    तेस्रो लिङ्गी हुन सब

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : ५ मंसिर २०७७, शुक्रबार १३:३१

    सिमानामा पुच्छर लुकाएकाहरु रास्ट्रवादी
    पोथिको सिंग उमार्न खोज्नेहरु राजावादी
    क्रान्तिकारिता स्वखलित भएकाहरु मावादी
    देश बिखण्डनकारिहरु समाजवादी
    आफै तुहाएकाहरु साम्यवादी
    अनुहार केटाको व्यबहार केटिको
    तेस्रो लिङ्गी हुन सब !!

    राहतको थालमा कस्मिरी बास्मती पस्केर कृषि क्रान्ति गर्नेहरु
    छोराछोरी भोकै राखेर खुल्लामञ्चमा जिन्नावाद भन्नेहरु
    स्वास्नी माथी अत्याचार गरेर महिला अधिकार खोज्नेहरु
    संस्कार र संकृतिको भाषण दिएर हिन्दी सिरियलमा रम्नेहरु
    स्वदेशी उत्पादनको व्याख्या गर्दै बिदेशी whisky मा झुम्नेहरु
    पाठेघर फुकेका
    तेस्रो लिङ्गी हुन सब !!

    बिदेशी राजदुत र गुप्तचरले परेड खेल्दा बोल्न नसक्ने बहादुरहरु
    सिमानामा पिल्लर सर्दा बोल्न नसक्ने सिपाहीहरु
    बलत्कारी समात्न नसक्ने प्रहरिहरु
    जनभावना बुझ्न नसक्ने जनप्रतिनिधिहरु
    चुरा लगाएका मर्द
    तेस्रो लिङ्गी हुन सब !!

    झिंगे दाउमा च्याँखे थाप्ने प्रवृति
    छेपारे उखानमा समृद्धि ल्याउने प्रवृती
    हुटिट्याउँले आकास थाम्ने हास्यास्पद प्रवृती
    गुटे भेला गरेर पार्टी मजबुत पार्ने माकुरे प्रवृती
    यता पनि ठिक्क उता पनि ठिक्क गंगटे प्रवृती
    न पुरुषांग न स्त्रीअंग
    तेस्रो लिङ्गी हुन सब !!

    रामचन्द्र तिम्सिना
    (आवाज)

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु