• आज मिति २०७८ माघ ५ गते, बुधवारको राशिफलमानव अधिकार कार्यान्वयनमा स्थानीय तह र नागरिक समाजको भुमिका सम्बन्धी दुई दिने तालिम सम्पन्नआगामी वर्ष २०७९ को चाडपर्व सहितको पात्रो तयारपछिल्लो २४ घण्टामा १० हजार २५८ जनामा कोरोना संक्रमण पुष्टिअफगानिस्तानमा गएको भूकम्पप्रति पाकिस्तानद्वारा दुःख व्यक्तसोर्हखुट्टे ट्राफिक प्रहरीद्वारा’ तपाईंको मास्क खोई’ अभियान पुनः सञ्चालननेपाली कांग्रेसलाई जनताको पार्टी बनाउछौँः सांसद आचार्यआज २०७८ माघ ४ गते, मंगलवार तपाईंको आजको दिन कस्तो छ ? हेर्नुस् राशिफलबैदेशिक रोजगारीमा जाने महिलाको सुरक्षा र सेवाको सुनिश्चितताका विषयमा अन्तक्रियाश्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री माननीय कृष्णकुमार श्रेष्ठले सय दिनको अवधिमा सम्पादन गर्नुभएका प्रमुख कार्य र उपलब्धिहरु:

    मेरो प्यारो टुकि’

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : ६ मंसिर २०७७, शनिबार १८:४०

    मट्टीतेलको आडमा
    धिपधिप बल्थ्यो
    नाकबरी कालो मुस्लो पस्थ्यो
    कहिले कापी किताब,
    कहिले ओछ्यान पोल्थ्यो !

    आफू मधुर भएर पनि
    चहकिला देखिन्थे हरफहरु !
    गहकिला भेटिन्थे लाईनहरु !!
    सुन्दर लाग्थ्यो कथा अनि
    सुनौला लाग्थे निबन्धहरु !!

    याद अझै ताजै छ

    भुगोलको नक्सा छाप्न काम आउँथ्यो मट्टीतेल
    चप्पलको फित्ता जोड्न काम आउँथ्यो टुकि !

    याद आउँछ झलझली
    आफू भर-रात जाग्राम रहेर
    सुताउँथ्यो मलाई घरीघरी !!

    खैर ,

    अब त जमाना फेरिएछ
    मेरो प्यारो टुकि संगै
    मेरा बचपनहरु पनि
    इतिहास बनेछन !!
    टुकिका सहाराले कोरिएका प्रेमपत्रहरु सुलि चढेछन !
    ती रंगिन प्रेमिल शब्दहरु सहिद बनेछन !!
    मैले पढेका अक्षर र सिकेका ज्ञानहरुले आत्महत्या गरेछन् !!

    साच्चै हो साथी,

    झुपडीमा तिम्रो रोशनीद्वारा आर्जेका ज्ञानहरु सहिद बनेछन !
    सत्य, निष्ठा र कर्तव्यका पाठहरुले आत्महत्या गरेछन् !!

    राम चन्द्र तिम्सिना
    (आवाज)

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु