• बलिउड अभिनेत्री ऋचा चड्‍डा भारत रत्‍न डा . अम्बेडकर २०२० बाट सम्मानित

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : ७ मंसिर २०७७, आईतवार ०६:५२

    बलिउड अभिनेत्री ऋचा चड्‍डा भारत रत्‍न डा . अम्बेडकर २०२० बाट सम्मानित भएकी छिन् ।

    उनलाई यो अवार्ड भारतीय फिल्ममा दिएको योगदानका लागि प्रदान गरिएको हो ।
    राजभवनमा आयोजित कार्यक्रममा महाराष्ट्र गभर्नर भगतसिंह कोश्यारी मार्फत प्रदान गरिएको हो ।

    महामारीका कारण २५ जनाको सहभागितामा मात्रै पुरस्कार समारोह गरिएको थियो । अवार्ड पाएर खुसी ऋचा भन्छिन्, “म निकै हर्षित छु र यो सम्मान मेरो मनको नजिक छ । एक त्यस्तो कलाकार जसको कोही गडफादर छैन, उसको लागि हरेक उपलब्धि मूल्यवान र मिहिनेतको कमाइ हुन्छ ।

    यो अवार्डले फेरि एकपटक मेरो सपना प्रति विश्वास बढाउँछ ।” यो अवार्डले भविष्यमा अझै राम्रो काम गर्न प्रोत्साहित गरेको पनि बताइन् । अभिनेता सुनील सेट्टीलाई पनि यो अवार्डबाट सम्मानित गरिसकिएको छ।
    फिल्मी फण्डा

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु