आर.बी बुढाथोकी
लट्टे हाम्रो गाउ घरमा पाइने एक प्रकारको पुरानो बाली हो । पुरानो बाली भएका कारण यसको लोप हुने स्थिती पनि छ । लट्टेको महत्व नबुझ्दा यसको प्रयोग पनि निकै कम भएको पाईन्छ । माहाभारत हिमश्रिन्खला देखि मध्य तथा दक्षिण अमेरिकि देशहरुमा लट्टेको खेती परापुर्बक काल देखी नै हुँदै आएको पाईन्छ । नेपालमा यसको नाम ठाउँ अनुसार फरक फरक छ तराइमा रामदाना,पहाडमा लट्टे वा लुडे,उच्च पहाडी तथा कर्णाली प्रदेश तिर मार्से,सुदुर पश्चिमा तिरको दर्चुला बैतडी तिर बेथ,बेथे या चौलाई भनेर चिनिन्छ । ब्यबसायिक खेती नहुने हुँदा लट्टेको खोज तथा अनुसन्धान पनि खासै भएको पाइन्न । रातो लट्टेलाई नेपालमा उच्चकोटिको मानिन्छ । लट्टे एक बहु उपयोगी बाली मानिन्छ र यसको प्रयोग ठाउँ अनुसार फरक फरक रुपमा प्रयोग गरिन्छ । यसको हरियो साग पनि निकै स्वादिलो सब्जीको रुपमा प्रयोग गर्न सकिन्छ भने गेडालाई भुटेर या लड्डु बनाएर पनि खान सकिन्छ । उच्च पहाडी जिल्लाहरुमा यसलाई एक प्रमुख खाद्दन्नको रुपमा लिइन्छ । पहाडी जिल्लामा यसको साग निकै मन पराएर बिभिन्न तरिकाले परीकार बनाएर खाइन्छ । अन्य साग जस्तो प्रचलन या प्राथमिकतामा नपरेता पनि यो सागमा पनि खनिज तत्व प्रसस्त पाइने हुँदा निकै फाईदा छ । लट्टेको बैज्ञानीक नाम अमरन्थ ग्रेन (Amaranth) हो ।
लट्टेलाई अन्य बाली जस्तै छुट्टै जमिनमा नलगाइ बारीको छेउ छेउ या रुखो ठाउमा लगाइदिने चलन छ । स्वास्थ्य सम्बन्धी प्रचुर फाईदा हुँदा हुँदै पनि यो एक हेपिएको अन्न जस्तो लाग्न सक्छ । सबै तिर लट्टेलाई एक प्रमुख बालिका रुपमा प्रयोग नहुने हुँदा यसको ब्यबसायिकता खासै हुँदैन । तर पछील्लो समयमा यसको महत्व बुझ्न थाले पछी यसको प्रयोग र खेती ब्यापक हुन थालेको देखिन्छ । ग्लुटिन फ्री अन्नको रुपमा लिइने हुँदा लट्टेका परिकार होटल तथा रेस्टुरेन्टहरुमा पनि राख्न थालिएको छ । नेपालमा ठाउँ अनुसार यसको बाली फरक फरक समय हुन्छ । लट्टेलाई कुनै बालीको छेउमा लगाउदा त्यो बालिमा कुनै नराम्रो नजर नलाग्ने परमपरा पनि छ । महिनावारी या सुत्केरी भएका बखत यो बालीको रोटी या भुटेर खनालए फाईदा पुग्ने पनि जनबिश्वास छ ।नेपालमा लट्टेको अनुसन्धान धेरै कम भएका कारण यसका जाती कती छन बह्न्ने स्थिती छैन। केही प्रारम्भिक अनुसन्धान कर्ताका अनुसार नेपालमा यसका चार जाती छन भनेर भनिएको छ ।लट्टे कति ठाउमा झार भनेर फ्यालिने पनि गरिन्छ ।भारतमा लट्टेलाई अमरनाथ भनेर पनि चिनिन्छ ।
पोषणयूक्त लट्टे खानुका फाईदाहरु लट्टेमा प्रसस्त
प्रोटिन,फाइबर,म्याग्नेसियम,फस्फोरस,फोलेट,कपर,आइरन,जिन्क पोटासियम पाइने हुँदा निकै नै स्वास्थ्य बर्दक खाना मानिन्छ ।
ग्रेनहरु मध्ये सबै भन्दा ज्यादा फाइबर भएको खाना हो लट्टे ।
ग्लुटिन फ्री भएका कारण धेरैका लागि उपयुक्त
बल्ड सुगर नियन्त्रणका लागि निकै उपयोगी खाना
शरीरको वजन खटाउन उपयोगी हुन्छ ।
मुटुलाई सुरक्षा प्रदान गर्न पनि लट्टे निकै उपयोगी मानिन्छ ।
स्किन केयरका लागि राम्रो मानिएको खाना हो ।
क्यान्सर हुनबाट जुगाउन मद्त पुर्याउछ ।
डाइबिटीजका हुनबाट बचाउछ ।
हाइपरटेन्सन अर्थात उच्च रक्तचापका लागि उपयोगी
एनेमिया उपचारका लागि पनि उत्तम हुन्छ लट्टे ।
दीर्घ जिबनका लागि अती नै राम्रो अन्न ।
टिशूहरु मर्मत र बढाउनका लागि उत्तम ।
बलियो कपालका लागि पनि लट्टे राम्रो अन्न हो ।
प्रसस्त आइरन पाइने हुँदा गर्भबती महिलाका लागि पनि राम्रो मानिन्छ ।
लट्टे एक स्वास्थ्यबर्दक अन्न भएका कारण पछील्लो समयमा यसका परिकारहरु पनि थरीथरिका बन्न थालेका छन । लट्टेको सागको तरकारी या भुटेर पनि खान सकिन्छ । लट्टेको सागलाई उसिनेर साधेर खादा पनि अती नै स्वादिस्ट मानिन्छ ।लट्टेको दानालाई उसिनेर चिसो बनाइ सलाद बनाएर खादा पनि निकै स्वास्थ्य बर्दक हुन्छ । लट्टेको सुप पनि निकै प्रख्यात र राम्रो हुन्छ । बिदेशमा पनि लट्टेको धेरै नै प्रयोग हुन्छ र यसका परिकारहरु धेरै नै छन । लट्टेलाई एक साइड डिसको रुपमा निकै नै प्रयोग गरिएको पाईन्छ । भेज बर्गर खानेहरुका लागि किनुवा या लट्टेको प्याटिज बनाएर खानेहरु पनि निकै छन जुन स्वास्थ्यका लागि निकै राम्रो मानिन्छ । लट्टेको रोटी,पकोरा,केक,स्न्याक्स र ड्रिन्क्स समेत बनाएर खान सकिन्छ । लट्टेको खिर पनि त्यतिकै मिठो र स्वास्थ्य बर्दक मानिएको छ ।