• पूर्व प्रधानमन्त्री तथा राष्ट्रिय जनता पार्टीका वरिष्ठ नेता डा. बाबुराम भट्टराई र उनकी पत्नी हिसिला यमी कोरोना भाइरसको संक्रमणमुक्त

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : ७ मंसिर २०७७, आईतवार २१:३१

    काठमाडौं, ७ मंसिर । पूर्व प्रधानमन्त्री तथा राष्ट्रिय जनता पार्टीका वरिष्ठ नेता डा. बाबुराम भट्टराई र उनकी पत्नी हिसिला यमी कोरोना भाइरसको संक्रमणमुक्त भएका छन् । दुवैजना एक महिनापछि कोरोना संक्रमणमुक्त भएका हुन् ।आज डा. भट्टराईले ट्वीट गरी आफूहरु संक्रमणमुक्त भएको जानकारी दिएका हुन् । उनले महाब्याधीलाई मानवजातीले संयुक्त रुपमा जित्नुपर्ने समेत बताएका छन् । उनले सबैलाई सुरक्षा विधि अपनाउन आग्रह गरे ।

    बाबुरामले लेखेका छन्ः एक महिनापछिCOVID-19संग हामी दुवैले युद्धविराम गरियो र -veरिपोर्ट प्राप्त गरियो।यो युद्धविराम हो,विजय हैन।यो महाब्याधीलाई एक्लाएक्लै जित्न सकिन्न,मानवजातिले संयुक्त रूपमा जित्नुपर्छ।अत: सबैले नियमित सुरक्षा विधि जारी राखौं!शुभकामना र विविध सहयोग गर्नुहुने सबैलाई मुरीमुरी धन्यवाद!

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु