• मखनलाई जि मोटर्सको साथ

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : ८ मंसिर २०७७, सोमबार १८:३०

    काठमाडौं, मंसिर ८ गते ।
    मखन चेस क्लबले आयोजना गर्ने बुद्धिचाल प्रतियोगिताका लागि नेपालमा रेनो ब्रान्डको कारको आधिकारिक विक्रेता जि मोटर्स प्रा.लि. ले प्रायोजन गर्ने भएको छ ।
    क्लबका अध्यक्ष सुजेन्द्रप्रसाद श्रेष्ठ र जि मोटर्सका प्रबन्ध निर्देशक कैलाशबाबु गेलालले सो सम्बन्धी सम्झौता पत्रमा नक्सालस्थित जि मोटर्सको कार्यालयमा सोमबार हस्ताक्षर गरे । हाल तीन वर्षका लागि सम्झौता गरिएको प्रबन्ध निर्देशक गेलालले जानकारी गराए । गेलालले आफ्नो संस्था र बुद्धिचाल खेलको प्रवद्र्धनका लागि क्लबसंग सम्झौता गरिएको बताउदै तीन वर्षपछि पनि अवस्था हेरर सम्झौता थप गर्न सकिने संकेत गरे ।
    अध्यक्ष श्रेष्ठले बुद्धिचाल मार्फत विश्वमा नेपाललाई चिनाउनु आफ्नो उद्देश्य रहेको बताउदै धेरै भन्दा धेरै प्रतियोगिता हुने वातावरण बनाउन सकेको खण्डमा मात्र त्यो उद्देश्य पूरा गर्न सकिने धारणा व्यक्त गरे । उनले क्लब संग सहकार्य गरेकोमा जि माटर्सलाई धन्यवाद दिदै कोरोना भाइरसको जोखिम न्युनिकरण भएपछि कसरी अगाडि बढ्ने भन्ने विषयमा तयारी थाल्ने बताए ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु