• “के हामिले छोराछोरी बिदेश निर्यात गर्न कै लागि मात्र जन्माएका हौं”

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : ८ मंसिर २०७७, सोमबार १९:२९

    हाल नेपालमा कूल जनसङ्ख्याको ४०.३५ प्रतिशत युवाको जनसंख्या (१ करोड ७ लाख) रहेको छ ।
    युवा विकास सूचकाङ्कमा नेपाल विश्वमा ७७ औं नम्बरमा रहेको¸
    १९.२ प्रतिशत युवा पूर्ण वेरोजगार रहेको¸ कृषिमा युवाहरुको संलग्नता ५०.२ प्रतिशत रहेको र २६.१ प्रतिशत युवाहरु स्नातक भएर पनि बेरोजगार बस्नु परेको अवस्था विद्यमान छ ।

    आज बेरोजगारीको कारण युवाहरु प्रतिवर्ष ५¸३८¸००० रोजगारीका लागि विदेशिने गरेका र यी मध्ये ७४ प्रतिशत अदक्ष¸ २४ प्रतिशत अर्द दक्ष र केवल २ प्रतिशत मात्र दक्ष जनशक्तिको रुपमा रहेका छन् ।

    पलपल मर्दै छातिमा मातृभुमी बोकेर अरबमा निदाएका छोराहरु, हरपल हवासको भुखबाट आफुलाई जोगाउँदै कुवेतमा निदाएका चेलिहरु।
    तामिलको तलवार छल्दै मलेसियामा निदाउन नसकेका चौकिदारहरु।
    तालिवान र isi को गोलि छल्दै अफगान र इराकमा जिउँदै कात्रो भिरेका युवाहरु।
    आफ्नो खप्पर आफैले सिरानी राखेर मरुभूमिमा निदाएका भाईहरु।

    दशैं तिहार, ल्होसार, छठ, माघिमा फर्किन नपाउँदाको आफ्नो मलिनो अनुहार।
    बाबा नफर्किदा मलिनो भएको छोराछोरीको मुहार।
    डाँडापारिका घाम भएका बाबुआमाले छोरोको बाटो हेरेरै प्राण त्यागे।
    कुना बसि रुने प्यारिको अनुहार झलझली सम्झेर कति बर्ष कटाउनु ?

    छोरी चेली बेचेर रेमिटान्समा गर्व गर्ने दलालहरु मात्र छन देशमा।
    मंहगी र वैदेशिक ॠणले सिमा नाघ्यो, उद्योग धन्धा न्यून छ।
    कृषि उत्पादनमा बिचौलिया, निर्माणमा ठेकेदार ,नेताहरु कमिसनमा बिकेका छन्।

    उहिले घर-घरमा मालिक हुन्थे, दास हुन्थे!
    मुखिया हुन्थे, रैती हुन्थे!
    आजभोलि मालिकहरू प्रमोसन भएर सिंहदरबार पुगेका छन्!
    दासहरू रैती भएका छन् र सब मिलिजुली नाम फेरेर लुटेका छन्।

    राजनीतिको नाममा खोक्रो हुँदैछ देश र रित्तो हुँदैछ आमाको काख अनि बिदेश पलायन हुन बाध्य छन युवायुवती।
    फलैंचामा दिन गन्दै बसेका दमका रोगी हजुरबुबा मनमनै आफैलाई प्रश्न गर्नु हुन्छ

    “के हामिले छोराछोरी बिदेश निर्यात गर्न कै लागि मात्र जन्माएका हौं” ??

    रामचन्द्र तिम्सिना
    (आवाज)

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु