• बितेको २४ घण्टामा देशभर थप १ हजार ९८० जनामा कोरोना संक्रमण पुष्टि

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : ८ मंसिर २०७७, सोमबार १९:५०

    काठमाडौं ।बितेको २४ घण्टामा देशभर थप १ हजार ९८० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै संक्रमितको कुल संख्या २ लाख २२ हजार २ सय ८८ जना पुगेको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार १० हजार ३८१ जनाको पीसीआर परीक्षण गरिएकोमा उनीहरुमा संक्रमण देखिएको हो ।
    यसैगरी, पछिल्लो २४ घण्टामा ३ हजार ४३ कोरोना संक्रमित डिस्चार्ज भएसँगै निको हुनेको संख्या २ लाख २ हजार ६७ पुगेको छ ।

    आज देशभर १८ हजार ८८४ जना कोरोनाका सक्रिय संक्रमितहरू छन् भने ६२९ जना क्वारेन्टिनमा छन् ।

    यस्तै, पछिल्लो २४ घण्टामा कोरोनाबाट थप १६ जनाको मृत्यु भएसँगै मृतकको संख्या १३ सय ३७ जनाको मृत्यु भएको छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु