रिस उठेको होला है ?
के भन्दैछ यस्ले भनेर, भित्तामा मुड्किले हान्नुस तर यथार्थ यहि हो र सत्य पनि !
हिजो राजा महाराजाहरुको गुलामी गर्यौं र आज नेताहरुको गर्दैछौं !
दास मानसिकता बाट अझै माथी उठेका छैनौ, दरिद्र मानसिकताले अझै छाडेको छैन!
हजुरिया हिजो पनि थियो र आज पनि छन, रैती नै भएर बस्यौं जनता बन्न खोजेनौं !
जो जनता बन्न खोजे ढालिए र भित्तामा सालिक बनाईए !
मालिकको आदेश सिरोधार्य गर्नु नै हाम्रो परम्परा हो भने कसरी भयौं बहादुर ?
बैरिले गुलाम बनाउन भिराईदिएको बहादुरिको बिल्ला हेरेर गर्व गर्नुको औचित्य छैन !
सेनापती कटुवाल र सभापति देउवा जस्ता हत्याराको जस्ले सामना गरे चुनिचुनी भुटिए!
जस्ले पुच्छर हल्लाए अझै हालिमुहाली उसैको हातमा छ!
राप्रपा, पुर्व एमाले, कांग्रेस र हालको नेकपा मालिकको कडकडाहटमा पुच्छर लुकाउँछ र अरु बेला पुच्छर हल्लाउँछ!
हामी यिनैको आरती उतार्छौ पुजा गर्छौ जिन्दावाद र जयजयकार गर्छौं !अनि कसरी भयौं बहादुर ?
कातर मानसिकता बाट माथी उठेर जो निर्वाद देश र जनताको भाषा बोल्ने साहश राख्छ उ हो बहादुर !
हामिमा को छौं त्यस्तो ?
खुल्ला मञ्चमा भाषण गरे जस्तो हुदैन बहादुरी !
नेताको इशारामा माईतिघरमा प्रहरी माथी ढुङ्गा बर्साउनेलाई बहादुर भन्ने या अश्रुग्यास टिपेर फाल्नेलाई ?
थु … यहाँ कोहि पनि होईनन र कोहि पनि छैनन् बहादुर !
बहादुर त्यस्लाई भनिन्छ जस्ले देश र जनता प्रती बफादार रहि नि:स्वार्थ प्राण आहुती दिन्छन!
कुहिएको संसदवाद भित्र पाखुरि निमोठेर हुदैन बहादुरी, बिदेशी सेनामा भर्ती भएर अरुको लागि प्राण दिनेलाई भनिदैन बहादुरी!
सोझो भाषामा भन्नू पर्दा यहि त हो गुलामी यहि त हो गुलामी !!
रामचन्द्र तिम्सिना
(आवाज)