• सुगम ठाउ मै बस्ने हिङ्सा प्रभावित कयौ दिदी बहिनिहरुले न्यायमा पहुँच पाउन सक्नु भएको छैन

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : १० मंसिर २०७७, बुधबार १०:२६

    निर्मला धिताल काठमाडौ ।

    लैङ्गिक हिंसा अन्त्यको प्रतिबद्द्ता: ब्यक्ती, समाज र परिवारको ऐक्यवद्धता” भन्ने रास्ट्रिय मुल नाराका साथ आजबाट शुरु भई १६ दिन सम्म लगातार लैङिक हिंसा बिरुद्ध विविध कार्यक्रम गर्दै जिम्मेवारी निकायहरु र राज्यले प्रतिबद्धता जनाउने क्रम यस बर्ष पनि जारी नै छ ।

    यस्ता दिवस हामिले प्रत्येक बर्ष मनाई नै रहेका हुन्छौ तर दिवस खाली दिवसका रुपमा मात्र सिमित भर्का हुन कि भन्ने भान हुन्छ । किनभने अझै पनि कुना काप्चा दुरदराजमा बस्न हुने अझ भनौ सुगम ठाउ मै बस्ने हिङ्सा प्रभावित कयौ दिदी बहिनिहरुले न्यायमा पहुँच पाउन सक्नु भएको छैन । बालिकाहरु दिन दहाडै एकल र सामुहिक बलत्कार भएका अनि बिबिध प्रकारका घरेलु हिंसाको सिकार भई हत्या भएका समाचार तथा घटनाहरु सुन्नमा आईरहेका छन । त्यसमा पनि अपाङ्गता भएका बालिका र महिलाहरु त झनै सारिरिक र मानसिक रुपबाट शक्तिको प्रतिकार गर्न, परिवार संग आस्रित हुनाले परिवारको बिरुद्दमा प्रतिकार गर्न नसक्नु, बोल्न वा अभिब्यक्त गर्न नसक्ना कै कारणले झनै उनिहरु बलत्कार जस्ता यौनिक हिंसाबाट प्रभावित भएका छन अझ भन्ने हो भने उनिहरुको आफ्नु अपाङ्गताका कारण बाहिरि वातावरण संग त्यति धेरै घुलमिल हुन र हिडडुल हुने वा आवत जावतमा समस्या हुने भएकाले धेरै जसो घरभित्र नै बस्न बाध्य छन अझ भन्ने हो भने पारिवार संग नै आस्रित हुने गर्छन । यसको मतलब उनिहरु घरभित्रै नै असुरक्षित वा हिंसाको जोखिममा परिरहेका छन भन्ने कुरा यथार्थ हाम्रा सामु छ ।

    यस्ता सबै प्रकारका लिङ्गिक हिंसा न्युनिकरण गर्न, हिंसा रहित समाजको निर्माण गर्न र अपाङ्गता भएका बालिका र महिलामाथि हुने यौन जन्य दुर्व्यवहार, बलत्कार लगायत मानसिक, आर्थिक,सामाजिक,राजनैतिक, सास्कृतिक हिङ्साको अन्त्यका लागि सबै क्षेत्र, तह र तप्काका ब्यक्ती, परिवार र समुदायलाई सचेत अनि जागरुक गराउनु पर्छ । यसका लागि राज्यका तर्फबाट सचेतनामुलक कार्यक्रम, बजेट बिनियोजन,निति निर्माण र सम्सोधन गर्ने साथै बिद्यामान नितिको कार्यन्वयन गर्न आवस्यक कदमको चाल्न जरुरी देखिन्छ । यस्ता किसिमका अपराधजन्य घटनाहरु जिम्मेवार लिने निकाय भनेको हाम्रो अभिभावक राज्य नै हो तसर्थ राज्यले नै हिंसा प्रभावित अपाङ्गता भएका बालिका र महिलाहरुको अभिभाकत्व ग्रहण गरि उनिहरुको शिक्षा,स्वास्थ्य, रोजगार तथा आर्थिक उपार्जन,सामजिक सुरक्षा,लालन पालन र पुर्नस्थापना गर्न जरुरी छ । सके सम्म ७७ वटै जिल्लामा नसके पनि ७ वटा प्रदेसमा अपाङ्गता मैत्री सुरक्षित आवस गृह निर्माण गर्नु पर्ने आजको आवस्यकता भएको छ ।

    अन्त्यमा सबै प्रकारको हिंसाको डर त्रासमुक्त परिवार, समाज र राज्यको निर्माण गर्न शून्य सहिष्णुताको सिद्धान्तलाई व्यबहारमा अवलम्बन गर्ने तर्फ राज्यको ध्यान जान सकोस भन्दै तपाईं हामी सबै नागरिक समाजले पनि आ-आफ्नु भुमिका निर्वाह गर्न सकौ भन्दै लैङ्गिक हिंसा बिरुद्धको १६ दिने अभियानलाई भव्य र सभ्य बनाऔ ।
    सबैमा हार्दिक सुभकामना ब्यक्त गर्दछु ।

    (लेखिका धिताल अपाङ्गता भएका महिलाहरुको महासंघ नेपाल अध्यक्ष तथा एवम अपाङ्गता महिला अभियान्ता हुनुहुन्छ)

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु