• बितेको २४ घण्टामा देशभर थप १ हजार ९४८ जनामा कोरोना संक्रमण पुष्टि

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : १० मंसिर २०७७, बुधबार १७:०५

    काठमाडौ ।बितेको २४ घण्टामा देशभर थप १ हजार ९४८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै संक्रमितको कुल संख्या २ लाख २६ हजार २६ पुगेको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार ९ हजार २१० जनाको पीसीआर परीक्षण गरिएकोमा उनीहरुमा संक्रमण देखिएको हो ।

    यसैगरी, पछिल्लो २४ घण्टामा ३ हजार १४० कोरोना संक्रमित डिस्चार्ज भएसँगै निको हुनेको संख्या २ लाख २ लाख ७ हजार ९९८ पुगेको छ ।

    यस्तै,पछिल्लो २४ घण्टामा कोरोनाबाट थप २८ जनाको मृत्यु भएसँगै मृतकको संख्या १ हजार ३८९ पुगेको छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु