• धेरै चलाख छु म त्यसैले त बेरोजगार छु”

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : १० मंसिर २०७७, बुधबार १७:५१

    नेकपा भन्छ हामी समाजवादी यात्रामा छौं म भन्छु तपाईहरुले समात्नु भएको बाटो समाजवादको हुँदै होईन,
    कस्सम होला सानै देखि चलाख छु म …

    नेता भन्छन् हामी जे गर्छौं रास्ट्र हितमा गर्छौं,
    म भन्छु जे गर्छौं रास्ट्रघात गर्छौं,
    कस्सम होला चलाख छु म ….

    नेता भन्छ वस्तुको मूल्य ब्यापारीले तोक्न पाउनुपर्छ,
    म भन्छु मार्क्सवादी सिद्धान्तमा श्रमको मूल्य किसानले तोक्न पाउनु पर्छ ,
    अघि भनी हाले नि सानै देखि चलाख छु म …

    बिज्ञान भन्छ पानी उमालेर खानुपर्छ किटाणु मर्छ, म भन्छु किटाणु मरे पनि लास पानी मै बस्छ खाँदा झन रोग लाग्न सक्छ,
    नहाँस्नुस यार सानै देखि यस्ता कुरामा चलाख छु म …

    नेता भन्छ “समृद्धि” आउँछ,
    म भन्छु आईसक्यो,
    नेता भन्छ “जवज” जिन्दावाद,
    म भन्छु “गजब” जिन्दावाद ।
    चलाख छु म ….

    अर्को पाटो,

    पार्टीहरु कुनै नराम्रा छैनन् जति उन्का कार्यकर्ताले देखेका छन्,
    त्यति राम्रा पनि छैनन् जति जनताले देखेका छन् अनि म भन्छु बिधानमा सबै राम्रा छन् व्यबहारमा कुनै राम्रा छैनन् ,
    कस्सम होला धेरै चलाख छु।

    रोजगारी दिन्छु पनि भन्ने बिदेशीसंग श्रम सम्झौता गर्न पनि नछोड्ने,
    बिना धितो सहुलियत कर्जा पनि भन्ने बैंकले त्यसै सुको पनि नदिने।
    अनुदान प्रोत्साहन आफन्त आसेपासे कै झोलिमा,
    भाषण नै मीठो क्या,
    कस्सम होला धेरै चलाख छु म,
    त्यसैले त आज बेरोजगार छु म।

    रामचन्द्र तिम्सिना
    (आवाज)

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु