भिषण बर्षाको कारण उत्पन्न बाढि पिडितहरुलाई राहत सामाग्री हस्तान्तरणलायन्स क्लब काठमाडौँ समर्पण र हिन्दू स्वयम्सेवकद्धारा हेलम्बुमा राहतदूध तथा दुग्ध पदार्थ ढुवानी गर्ने गाडीमा प्रयोग हुने प्रतीक चिन्ह प्रयोग गर्न आव्हानकाठमाडौं उपत्यकामा जारी निषेधाज्ञा एक साता थपियोपछिल्लो २४ घण्टामा ३४५६ जना संक्रमणमुक्तनेप्से आज ६३ दशमलब ११ अंकको गिरावटसाताको कोरोबारको पहिलो दिन आज के छ नेपाली बजारमा सुनचाँदीको मुल्यबाढी पैह्रोका मुख्य स्रोतहरु तथा समाधानका उपायहरुउद्यमशील महिला समूहले पनि राहत बाँड्योकतारमा अघिल्लो कार्यकालको अधुरा कार्य पुरा गर्न मुक्तदाको पुनः उम्मेदवारी - मुक्तदाका प्रतिबद्धताहरुः
  • नेपाल उद्योग वाणिज्य महासङ्घको ५४औँ वार्षिक साधारण सभा आजदेखि सुरु हुँदै

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : ११ मंसिर २०७७, बिहीबार ०७:२३

    काठमाडौं, मंसिर ११ । नेपाल उद्योग वाणिज्य महासङ्घको ५४औँ वार्षिक साधारण सभा बिहीबारदेखि सुरु हुँदै छ । गत चैत अन्तिम साता हुनुपर्नेमा कोरोना महामारी र बन्दाबन्दीका कारण दुईपटक स्थगित हुँदै आजदेखि सुरु हुन लागेको हो ।

    कोरोना सङ्क्रमणकै जोखिमका कारण साधारण सभाको उद्घाटनलगायत औपचारिक कार्यक्रम यसपटक अभौतिक रूपमा सम्पन्न गर्न लागिएको छ भने निर्वाचन कार्यक्रम आगामी शनिबार राजधानीमै गर्न लागिएको छ ।

    महासङ्घको वैधानिक प्रावधान अनुरूप यो साधारण सभाले महासङ्घको अध्यक्षता वर्तमान वरिष्ठ उपाध्यक्ष शेखर गोल्छालाई हस्तान्तरण गर्नेछ । विधानअनुसार वरिष्ठ उपाध्यक्ष कार्यकालपछि स्वतः महासङ्घको अध्यक्ष बन्छन् ।

    भर्चुअल रूपमा हुने साधारण सभाको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री निवास बालुवाटारबाटै गर्ने कार्यक्रम रहेको महासङ्घ सचिवालयले जनाएको छ ।
    बन्दसत्रको कार्यक्रम शुक्रबार पनि अभौतिक रूपमै हुनेछ । बन्दसत्रमा महासङ्घको आर्थिकलगायत विभिन्न प्रतिवेदन पेस गर्ने र पास गर्ने कार्यक्रमसहित निर्वाचनमा वरिष्ठ उपाध्यक्षका उम्मेदवारहरूले नीतिगत मन्तव्यसमेत राख्ने छन् ।

    निर्वाचनको कार्यक्रम भने शनिबार तीन स्थानमा राखिएको छ । सचिवालयका अनुसार नेपाल प्रज्ञा प्रतिष्ठानमा जिल्ला नगर समूहको मतदान हुनेछ भने बबरमहलस्थित कार्की ब्याङ्क्वेटमा एसोसिएट समूहको मतदान केन्द्र राखिएको छ । वस्तुगततफर्को मतदान भने टेकुस्थित महासङ्घ सचिवालय परिसरमै गर्ने निर्धारण गरिएको छ ।
    महासङ्घको नयाँ पदाधिकारीका लागि वरिष्ठ उपाध्यक्ष पदमा व्यवसायी चन्द्र ढकाल र किशोर प्रधानले उम्मेदवारी दिएका छन् ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु