
कविता – “हाम्रा बा राम्रा बा”
कसैलाई केही भन्दैनथे
पार्टीको “झण्डा” बोक्दैनथे !
आफ्नो काममा मतलब राख्थे
सकेको अरुलाई सहयोग गर्थे !!
चिन्ता घरको गर्थे
देशको सोच्ने फुर्सदै थिएन !
छोराछोरीको भविस्य हेर्थे
गाउँलेको सुन्ने फुर्सदै थिएन !
त्यसैले त …
हाम्रा बा राम्रा बा !!
दु:ख गर्यो खायो
कसैको “आशा” थिएन !
परेको समाजमा हिड्थे
गलत “भाषा” थिएन !!
टालेको लाउँथे
फालेको खादैनथे !
बोलाए जान्थे
नबोलाए जादैनथे !
त्यसैले त ….
हाम्रा बा राम्रा बा !!
सभ्य थियो परिवार,
शिक्षित थियौं हामी !
मर्यादा थियो घरमा “संस्कार” राम्रो थियो
त्यसैले त हाम्रो “झुपडी” पनि दरबार थियो !!
भए खान्थे
नभए पटुकी कस्थे !
हामिलाई खुवाउँथे
आफू भोको बस्थे !
त्यसैले त ….
हाम्रा बा राम्रा बा !!
हाम्रा बा राम्रा बा !!
रामचन्द्र तिम्सिना
(आवाज)


