• आज र भोली मूलुकभर ६ महिनादेखि ५ वर्षसम्मका २७ लाख बालबालिकालाई भिटामिन ए क्याप्सुल, जुकाको औषधि र बालभिटा खुवाउँदै

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : ११ मंसिर २०७७, बिहीबार ०८:००

    काठमाडौं, मंसिर ११ । सरकारले आज र भोली मूलुकभर ६ महिनादेखि ५ वर्षसम्मका २७ लाख बालबालिकालाई भिटामिन ए क्याप्सुल, जुकाको औषधि र बालभिटा खुवाउँदैछ । गत आर्थिक वर्षको दोश्रो चरणको राष्ट्रिय भिटामिन कार्यक्रम बैशाखबाट असारमा सरेकाले कार्तिकमा गर्ने गरिएको कार्यक्रम मंसिरमा सारिएको हो ।

    पहिलो चरणको राष्ट्रिय भिटामिन कार्यक्रम कात्तिक २ र ३ गते सञ्चालन हुँदै आएकोमा यस पटक भने कोरोना संक्रमणका कारण ५ हप्ता पछि सरेको हो । स्वास्थ्य सेवा विभाग अन्तर्गतको पोषण शाखाका प्रमुख केदार पराजुलीकाअनुसार, २७ लाख बालबालिकालाई भिटामिन ए, २४ लाखलाई जुकाको औषधि र ६ लाख बालबिालकालाई बालभिटा खुवाउने लक्ष्य सरकारको छ ।

    कार्यक्रम सातै प्रदेशमा सञ्चालन हुनेछ । भिटामिन ए क्याप्सुल ६ महिनादेखि ५ वर्षसम्मका, जुकाको औषधि एक देखि ५ वर्षसम्मका तथा बालभिटा ६ महिनादेखि २३ महिनासम्मका बालबालिकालाई दिईनेछ । कार्यक्रम सञ्चालनका लागि ५२ हजार महिला स्वयंसेविका र २५ हजार स्वास्थ्यकर्मी परिचालन हुनेछन् ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु