दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

विश्व प्रख्यात फुटबल खेलाडि डिएगो म्ययाराडोनाको निधन

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७७ मंसिर ११ गते, बिहीबार ८:५३

मंसिर १०, एजेन्सी । विश्व प्रख्यात फुटबल खेलाडि डिएगो म्ययाराडोनाको निधन भएको छ । अर्जेन्टिनाका पूर्व मिडफिल्डर म्याराडोनाको हालै दिमागमा रगत जमेपछि शल्यक्रिया गरिएको थियो।
सन् १९८६ मा अर्जेन्टिनाले विश्वकप जित्दा उनी कप्तान थिए। उनले बार्सिलोना र नापोलीबाट पनि खेलेका थिए। ३० अक्टोबर १९६० मा जन्ममिएका म्याराडोना ६० वर्षषका थिए । उनी सन् २०१० को विश्वकप फुुुुटबलमा अर्जेेन्टिनाको प्रशिक्षकसमेेत थिए । २६ वर्षको उमेरमा सन् १९८६ मा उनले झन्डै आफू एक्लैको भरमा अर्जेन्टिनालाई विश्वकपको उपाधि जिताएका थिए । विश्वकपलाई ‘कोपा म्याराडोना’ अर्थात् म्याराडोनाको विश्वकप भन्ने गरएिको छ। म्यारोडनाले अर्जेन्टिनाका लागि ९१ खेलमा ३४ गोल गरेका थिए ।

म्याराडोनाको नाउँ संसारकै सर्वकालीन महान फुटबल खेलाडीहरूको सूचीमा आउँछ ।

उनले अर्जेन्टिनाका लागि चारवटा विश्वकप खेले। सन् १९९० को विश्वकपमा पनि अर्जेन्टिना फाइनलसम्म पुगेको थियो। फाइनलमा तत्कालीन पश्चिम जर्मनीबाट पराजित भयो।

सन् १९९१ मा लागुपदार्थ सेवन गरेको पुष्टि भएपछि उनलाई १५ महिना प्रतिबन्ध लगाइएको थियो। उनले सन् १९९७ मा व्यावसायिक फुटबलबाट संन्यास लिएका थिए। त्यति बेला उनी ३७ वर्षका थिए।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु